सल्यान जिल्लामा ५६ औ अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस रुपमा सम्पन्न गरिएको छ । भाद्र २३ लाई राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय बमोजिम जिल्लाका पालिका तथा विद्यालयहरुमा साक्षरता दिवस भव्य रुपले मनाईएको हो ।
साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका साथ आयोजना गरिएका कार्यक्रम हरु शारदा नगरपालिका,शिद्ध कुमाख गाँउपालिका,रुम टु रिड, दलित विकास समाज सल्यान तथा जिल्लाका विभिन्न पालिकाका करिव ८० विद्यालयहरुले स्वतस्फुर्त तथा साक्षरता कार्यक्रमको सहयोग तथा सहकार्यमा कार्यक्रमहरु आयोजना गरिएका थिए । भने त्रिभुवन जन मावि लुहापिङमा साक्षरता कार्यक्रम अन्र्तगत स्थापन गरिएको त्रिभुवनजन मावि विद्यालय पुस्तकालयको समेत शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी ले उदघाटन गर्नुभएको थियो ।
शारदा नगपालिकाका माध्यामिक विद्यालय तथा शिद्ध कुमाख गाँउपालिकाका निम्न माध्यामिक विद्यालय स्तरिय पुस्तकालयमा विद्यालयको महत्व विषयक वकतृत्वकला प्रतियोगिता समेत सम्पन्न गरिएको छ । शारदा नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा ज्योतिपुञ्ज एकेडेमी,त्रिभुवन जन मा.वि. लुहापिङ,शिवजन मा.वि. तथा महेन्द्र रत्न मा.वि पिपलनेटा क्रमस प्रथम,द्धितिय,तृतिय र सान्तवना स्थान हासिल गरेका थिए । पुरस्कृत हरुलाई शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले पुरस्कार वितरण गर्नु भएको थियो ।
त्यसैगरि शिद्ध कुमाख गाँउपालिका स्तरिय आधारभुत विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता निराजन मा.वि,वालकल्यान आवि,हिमालय आ.वि माझखर्क, शान्तिसुन्दर मा.वि क्रमस प्रथम,द्धितिय,तृतिय तथा सान्त्वना स्थान हासिल गरेका थिए । विजेता हरुलाई शिद्ध कुमाख गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितीमा प्रमाणपत्र वितरण गरिएको थियो ।
सोही अवसर पारेर सल्यान जिल्लाका करीव ८० विद्यालयहरुले स्वतस्फुर्त रुपमा कार्यक्रम हरु सम्पन्न गरेका छन ।