सल्यानमा मनाईयो १५ औ पुस्तकालय दिवस

सल्यान / पढौ पढाऔ,निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔ भन्ने मुल नाराका साथ सल्यान जिल्लामा पनी पुस्तकालय दिवस मनाईएको छ ।
जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थी अविभावक तथा शिक्षकहरुको अगुवाईमा विद्यालयमा विभिन्न कृयाकलाप गरेर पुस्तकालय दिवस मनाएका हुन ।
साक्षरता कार्यक्रम संचालन भएका विद्यालय हरुमा विद्यालयका शिक्षकहरुको अगुवाईमा करीव ४५ वटा विद्यालयहरुले पुस्तकालय दिवस मनाएका हुन ।
विद्यालय वन्द भएपनी दिवस मनाउन तथा बालवालिका हरुको पढने बानीमा विकास गर्न बालवालिका हरुलाई विद्यालयमा वोलाएर पढने,पढाउने जस्ता कृयाकलापहरु गरेर साक्षरता दिवस मनाईएको हो । पालिका स्तरमा आयोजना गरिएका पुस्तकालय उदघाटन तथा पालिका स्तरका अन्य कार्यक्रम हरु विद्यालय वन्द भएर स्थगित गरिएको भएपनि विद्यालय आसपासका वालवाललिकाहरुलाई शिक्षक आफैले बालवालिकाहरुलाई विद्यालय उपस्थिथित गराएर पुस्तकालय दिवसलाई भव्य रुपमा सम्पन्न गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार