जो चुनाव हारे, हार मानेनन्

वैषाख २० लाई लक्षित गरेर सल्यान जिल्लाका हरेक पालिकाहरु यतिवेला सवैतिर स्थानिय चुनावकै माहोल सृजना भईरहेको देख्न सकिन्छ । देश भरी विभिन्न गठवन्धन तथा एक्ला एक्लै चुनावमा उम्मेद्धारी दिईसकेपछि सवै उम्मेद्धार तथा पार्टीहरु चुनाव चिन्ह वोकेर गाँउ प्रवेश गरेका छन ।
एमाले सल्यानले सल्यान जिल्लाको शारदा नगरपालिकाको मेयरमा यस्तो उम्म्मेद्धार लाई प्रतिष्प्रर्धामा उठाएको छ जसले जिल्लाका हरेक विकास निार्माण र दुखमा सहयोग आवश्यकता परेका मान्छेलाई सहयोगका लागी जहिले तत्पर हुने गर्दछन । चाहे त्यो पदमा हुदा होस चाहे नहुदा, उनीले सल्यान जिल्लाका हरेक दुख परेका मान्छेहरुलाई सहयोग गरेका छन । मनोज प्रधान नाम आम सल्यानीका लागी नौलो नाम भने होईन । हरेक दुख परेका सल्यान र आम सल्यानका लागी उनले गरेका थुप्रै उदहारणिय काम हरु सम्झनेहरु थुप्रै देख्न सकिन्छ । यस पटक भने उनी एमाले वाट शारदा नगरपालिकाको मेयरमा उममेद्धारी दिएका छन । शारदा नगरपालिकामै उम्मेद्धारी दिएको सन्र्दभमा उनी भन्छन शारदा नगरपालिका सल्यान जिल्लाकै सदरमुकाममा अवस्थित नगरपालिका हो । जव सम्म यस नगरलाई राम्रो वनाउन सकिदैना त्यसको असर अरुतिर पनी पर्ने गर्दछ । त्यसैले साँचो रुपमा जिल्लाको एउटा तस्विर दिने र दिनका लागी पनी मेयरमा उम्मेद्धारी दिएको उनी वताउछन । आफुले शारदा नगरपालिकाको मेयरमा विजयी हासिले गरेछु भने यस अगाडीका प्रथम मेयर शुरेश अधिकारी ज्यु ले सुरुवात गर्नु भएका राम्रा काम हरुलाई निरन्तरता दिने र थप नयाँ काम हरुको थालनी दिने छु । जुन काम हरु आसपासका धेरै स्थानीय तहहरुका लागी समेत अनुसरण योग्य हुनेछन । यहाँ एउटाले गरेका कामलाई अर्काेले खेदो खन्ने चलन छ तर राम्रा कामको त सवैले अनुसारन गर्नु परयो नी ।
यस भन्दा अगाडीको चुनावमा पनी उम्मेद्धार भई सम्मानजनक मत प्राप्त गरेर हार व्यहोरेका प्रधानले यसपटक पनी मेयरमा उम्मेद्धारी दिनुको कारण वारे भन्छन जनताकै चहानाका कारण फेरीपनी उम्म्ोद्धार वनेको हु । यस भन्दा अगाडी भोट माग्न जाँदा धेरै वुद्धिजिवि,नागरीक समाज र जनताहरुले भन्ने गर्नुहुन्थयो मान्छे त ठिक हो तर तपाईको पार्टी सानो भयो । यसपटक चाही उहाँहरुकै चहाना र चावना अनुरुप पनी एमाले वाट चुनाव लडेको हु ।
यसपटकको भेटघाट छलफल तथा चुनावी माहोल वाट उनी निकै उत्साहित भएका छन । उनी उत्साहित हुनुको कारण वारे भन्छन, हिजो आफैले निर्माण गरेको संगठन वाट प्राप्त सम्मानीत मत र अहिले एमालेको ठुलो संगठन र सकृय नेता कार्यकर्ताहरुसँगै चुनावमा होमिनुको फरक त भैहाल्छ नी तर पनी मलाई दुख लाग्ने कुरा भनेको हिजो सँगै काम गरेका केही नेता कार्यकर्ताहरु वाहिर हुनुहुन्छ उहाँहरुको अभाव पनी खड्किने गर्दछ । आसा छ उहाँ हरुको मनमा म प्रतिको सहानुभुति कायमै छ ।
आफुले चुनाव जित्ने आधारको वारेमा उनी भन्छन ः हिजो जिल्ला विकास समितीको सभापति हुदा सल्यान जिल्लामा प्राप्त राहत शिक्षक दरवन्दि लाई जिल्ला भरीकै विद्यालयका प्रअ र विव्यस अध्यक्ष हरुलाई भेला गरी आफनो र टाढाको नभनेर खुल्ला चौरमा वसि प्र.अ. हरुले नै आवश्यकताका आधारमा समानुपातिक हिसावले उहाँहरुले नै वितरण गरेर लिएको उदहारण नै हामी सवैका लागी प्रयाप्त हुन्छ । त्यसै गरी खलंगा वालुवा संग्रही सडक खण्ड कटान तथा ग्रावेलको काम सुरुवात, दुल्धारा पोखरा,मार्के देखि खैरावाङ वाटो ग्रावेलका लागी सम्झौता, डाँडागाँउदेखि साहुटोल सम्म्को वाटोमा सल्याव,मख्ख्न टाकुरी लुहापिङ सम्म्को भागलाई काटेर एयरपोर्ट निर्माणका लागी सम्भाव्यता अध्ययन जस्ता काम थुप्रै काम हरुको सुरुवात गरेको थिए । वाँकी धेरै कुराहरु छन जो आम जनतालाई समेत थाह छ मैले भनी राख्नु पर्छ जस्तो लाग्दैन ।
अन्त्यमा उनी थप्छन चुनावमा होमिएको छु । आम जनताको चासो पनी वैषाख ३० मा रहेको छ । आप्mनो नगरको विकासका लागी योग्य मान्छे छान्ने अधिकार जनतामा नै छ । जनताले जसलाई योग्य देख्नुहुन्छ उही नगरको मेयरमा आउने हो ।

मनोज (प्रधान सँग गरीएको कुराकानीका आधारमा)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार