सर्बाेच्चको फैसला आएको दिन देखि समाजवादी पार्टी रहदैन – एमाले नेता शाह

सल्यान /नेकपा एमालेका पोलिटव्युरो सदस्य गुलावजंग शाहले सर्वाेच्चको फैसला सँग समाज वादी भन्ने पार्टी नेपालमा नरहने वताएका छन । सर्वाेच्चमा माधव नेपालका नाममा रहेको मुद्धाको फैसलाले नै एकिकृत समाज वादी पार्टी रहने नरहने निधो हुने वताएका छन ।


सल्यान सदरमुकाम खलंगामा नेकपा एमालेको ९औं जिल्ला अधिवेशनको उदघाटन सत्रलाई सम्वोधन गर्दे उक्त कुरा वताएका हुन । गठवन्धनलाई लक्षित गर्दे नेता शाहले अहिले भईरहेको गठवन्धनको आयु धेरै नरहेको समेत टिप्पनी गरेका छन । जुन दिन संसदमा एमसिसि नामको तत्व प्रवेश गर्छ त्यहिदिन देखि गठवन्धनको आयु समाप्त हुने वताएका हुन । संसारमै नभएको गठवन्धन नेपालमा भएको वताएका हुन ।

अर्काे एक प्रशंगमा नेता शाहले एमाले नै देशको प्रमुख शक्ति भएको र आगामी चुनावमा एमाले एक्लैले गठवन्धनलाई पत्तासाप गर्ने वताएका छन ।
सल्यान सदरमुकाम खलंगामा आयोजना गरीएको एमालेको नवौ उदघाटन सत्रमा एमालेका प्रदेश कमीटी सदस्यहरु लोक वहादुर डाँगी,भिम वहादुर सेन,मनोज प्रधान तथा तिलक मल्ल ले सम्वोधन गरेका थिए । जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा आयोजना गरीएको कार्यक्रमको संचालन दान वहादुर केसीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार