बालबालिकाका लागी शैक्षिक सामाग्री वितरण

सल्यान/सल्यान जिल्लाका ५४ विद्यालयका कक्षा एक र दुईमा अध्यनरत बालवालिकालाई शैक्षिक सामग्री वितरण गरीएको छ । साक्षरता कार्यक्रम लमगु भएका ५४ विद्यालयका करीव एघारसय बालवालिकालाई घरमै लिएर पढन मिल्ने गरी झोला सहित शैक्षिक सामाग्रि वितरण गरीएको हो ।
सल्यान जिल्लाका कपुरकोट,त्रिवेणि,छत्रेश्वरी,शिद्ध कुमाख गाँउपालिका तथा शारदा नगरपालिका र वागचौर नगरपालिका भित्रका साक्षरता कार्यक्रम संचालन भएका ५४ विद्यालयका वालवालिका लाई सामग्री वितरण गरीएको हो ।
रुम टु रिडको आर्थिक सहयोग,पढनको लागी कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको आयोजनामा कार्यान्वयन गरीएको साक्षरता कार्यक्रम अन्र्तगत उक्त सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण तथा विद्यार्थिलाई वितरण गरीएको हो ।


बालबालिकालाई कोभिडको अवस्थामा घरमै वसेर पढन,लेख्न र सिक्न मिल्ने उदेश्यले तयार गरीएको झोला सहितको शैशिक सामाग्रीमा,कथाका किताव,पेन्सिल,ईरेजर,कपी लगाएतका सामगीहरु उपल्वध गराइएको छ । सामाग्रीहरु वालवावालिकाका अविभावकहरुलाई विद्यालयमै वोलाएर त्यसको प्रयोग वारे जानकारी दिदै सामाग्रीहरु अविभावक लाई जिम्मा लगाईएको जनकल्यान नमुना माविका प्रअ डा.पुर्ण वहादुर भण्डारीले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार