सल्यान /सल्यान सदरमुकाम देखि एक, डेढ घण्टाको गाडी यात्रा पछि पुगिन्छ वागचौर नगरपालीकाको थारमारे वजार । उसो त सल्यानको सदरमुकाम पछि व्यापारीक,राजनितीक र शैक्षिक हिसावले प्रमुख केन्द्रपनी हो थारमारे वजार । राप्ति राजमार्गले विचवाटै चिरेर गएको भएर पनी होला आवत जावतमा सजिलो पनी छ थारमारे पुग्न ।
मैले केही दिन अघि थारमारैमै अवस्थित जनकल्यान नमुना माविका प्रअ डा.पुर्ण भण्डारी ले फेशवुकमा विद्यालयकै कृषि फर्ममा फलेको स्याउको वोटको फोटो देखेको थिए । संयोगले सोही ठाउमा पुगेको वेला उक्त फर्म हेर्न मन लागेर पुगियो त्यहाँ ।
करीव ९० रोपनी क्षेत्रफलमा फैलिएको कृर्षि फर्म छ त्यहाँ,विद्यालयको आफनै जग्गा हो यो । तारवार गरीएको उक्त फर्म भित्र वस्नका लागी आवासिय भवन पनी छ । जहाँ उक्त फर्ममा कार्यरत केही कामदारर विद्यालयकै प्रशिक्षक लिलमान वस्नेत लगाएत तिन परीवार वस्ने गर्नुहुन्छ ।
आवास नजिकै गाई पनी छन, गाई चाही मल उत्पादनका लागी पालन गरीएको छ । फर्म वनाएको ठाँउमा रातो माटो भएकोले र उत्पादन वढाउनलाई मल चाहिने भएकोले गाई पालिएको प्रअ भण्डारीले हामीलाई सुनाउनु भयो । फर्मको माथिल्लो छेउमा माछापालन गरीएको छ । पनीको अभाव हुने ठाँउ भएपनी माछा पोखरीको लागी विद्युतिय माध्याम विना लिप्ट गर्न सकिने प्रविधिवाट खोलाको पानी लिप्टिग गरेर पानीको व्यवस्था गरीएको छ । हेर्दे जानेहो भने यो कृषि फर्म मात्र होइन प्रयोगशाला हो ।
यहाँ फलफुल र तरकारी जन्य हरेक खेती गरीएको छ । अचम्मको कुरा त के छ भने चिसो र अग्लो ठाँउमा हुने किवी देखि स्याउ सम्म फलाईएको छ । चिचिण्डोमा कलमी गरेर काक्रो फालाईएको छ । यस्ता थुप्र उदाहरुण हरु देख्न सकिन्छ । गमलामा स्याउदेखि, गुलाव सम्मको मनोरमता यहाँ भेटन सकिन्छ । पअ भण्डारी भन्नुहुन्छ शनिवार आफना नानी वावुहरुलाई पार्क घुमाउनुभन्दा हाम्रो फार्ममा घुमाउन ल्याउनुस । वर्तमान अवस्थामा संचार र अरु प्रविधीले मोवाईल,कम्युटर या टेलिभिजनमा मात्र देख्नुभएको धेरै चिजहरु आफनै आँखाले देख्न पाउनुहुने छ । उहाँ थप्नुहुन्छ वजारवाट किनेर घरमा ल्याएको स्याउ खाईरहेको तपाई हामी जो कोहीलाई फलेकै स्याउ,अम्वा,किवी लगाएत धेरै खाले तरकारीको रुख तथा वोट हेर्न र देख्न पायौ भने हाम्रा लागी नयाँ सिकई हुन्छ अझ वालवालीकाका लागी एउटा कितावको पाठ पढे सरह वन्न सक्छ ।
जनकल्यान नमुना माध्यामिक विद्यालयका कृषि विषय लिएर अध्यन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक कक्षाकालागी सुरुमा थालनी गरीएपनी यसको क्षेत्र तथा अवधारणा विकास गरेर ठुलो क्षेत्रफलमा काम सुरुगरीएको छ । कृर्षि फर्ममा प्रयोगात्मक कक्षा गर्ने विद्यार्थीले आधुनिक हिसावले कृषि गर्ने तरीका मात्र होईन यसको वजारीकरण पनी देख्न र सिक्न सक्छन । फर्ममा उत्पादन गरीएका तरकारी जन्य तथा फलफुल जन्य कृषि वस्तुहरु लाई उपभोक्ता हरुले आएर किन्ने गरेका छन । जसले विद्यार्थीलाई उत्पादन मात्र होईन उत्पादित वस्तुको वजार वुभ्mन पनी मद्धत पुगेको छ ।