वाढिमा फसेका १२ जनाको सकुसल उद्धार

सल्यान आषाढ ३ /सवुजगण सल्यानको टोलीले शारदा खोलाको विच भागमा फसेका १२ जनाको सकुसल उद्धार गरेको छ ।
शारदा नगरपालीका वार्ड नं ६ वरला नजिक शारदा खोलाको विच भागमा खेत रोप्न गएका १२ जना लाई सवुज गण सल्यानको उपसेनानी सहदेव गौतमको कमाण्डमा खटीएको टोलीले शसस्त्र प्रहरी नेपाल प्रहरी लगाएतको सहकार्यमा सकुसल उद्धार गरको हो ।


वर्षाद भईरहेको र शारदा खोलाको वहाव वढने क्रममा रहेकोले खेत रोप्न गएका गाँउलेहरु फसेका थिए । निकै लामो मेहनेत र प्रयास पछि फसेका गाँउलेको उद्धार गर्न सकिएको सवुज गणका गणपति कञ्चन वस्नेतले जानकारी दिएका छन ।

उद्धार गरीएका हरुमा सुकलाल गीरी वर्ष ५६,तेज वहादुर वस्नेत वर्ष ५७,देविलालज्ञ विक वर्ष ३५,छविलाल विक वर्ष ३७,सुनिता गीरी ४५,हिरालाल विक वर्ष २२,प्रेम विक ४५,मान वहादुर विक १५,राजु विक वर्ष १६,कुल वहादुर विक वर्ष ४५ र वर्ष ४५ की काली विक रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार