सल्यान/सल्यानका विद्यालयमा फोन पाठशाला अथार्त (फोनवाट पढाइ) कार्यक्रम सुरु भएको छ । रुम टु रिड र दलित विकास समाजले स्थानीय तह हरुसँग साझेदारी र समन्वय गरी संचालन गरिएको साक्षरता कार्यक्रम अन्र्तगत यो अभियान सुरु गरिएको हो ।
कोरोना महामारीका कारण विद्यालयहरु वन्दभएपछि सल्यानमा शिक्षा क्षेत्रमा कृयाशिल गैरसरकारी संस्था रुम टु रीड र दलित विकास समाज सल्यानले विद्यालयका प्रअ तथा शिक्षकहरुसँगको छलफलपछि यो अवधारणा अगाडी ल्याएको हो । यस कार्यक्रममा सल्यान जिल्लामा साक्षरता कार्यक्रम संचालन भएका ५४ विद्यालयका कक्षा एक र दुईमा नेपाली भाषा पढाउने करीब एकसय जना शिक्षकहरु यस कार्यमा सहभागी हुनु भएको छ ।
बन्दा बन्दिले विद्यालयहरु बन्द भएको यस अवस्थामा शिक्षकरु बालबालिका माझ जोडिन पाउनु र बालबालिकालाई फोनबाटै उनीहरुको पठनपाठन र अवस्थाकावारेमा जानकारी राख्ने र सिक्ने सिकाउने अभियान सुरु हुनुले बालबालिकालाई वैकल्पिक माध्याम बाट भएपनि पढने बानीकालागि प्रोत्सान गर्ने राम्रो अवसर प्राप्तभएको शिवजन माविका प्रअ हिरालाल नेपाली बताउनुहुन्छ ।
यस कार्यक्रमले लामो समय विद्यालय आउन नपाएका बालबालिकाहरुलाई फोन मार्फत नै विद्यालय तथा शिक्षकसँग जोडिन मद्धत पुरयाएको स्वयं फोन शिक्षामा संलग्न प्रावि क्युरेनी का शिक्षक पार्वती वुढा बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ हामी आफैपनि केगरौ भन्ने भईरहेको बेला सुरुगरिएको यो अवधारणले हामी शिक्षकहरुलाई आफना विद्यार्थी माझ पुग्न सजिलो माध्यम भएको छ र यसले विद्यार्थीको शैक्षिक तथा मनोवैज्ञानीक तहमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ । घरमा बसिरहेका बालबालिकाहरुलाई यसरी फोन मार्फत नैै भएपनि सिकाई कृयाकलापमा सहजीकरण गर्ने कुराले आम बालबालीकाहरुका लागि सुखद अवसर रहेको र उनीहरुको पढन पाउने अधिकार समेत लाई यस कार्यक्रमले मद्धत गरिरहेको हुदा यो अवधारणाकालागी त्रिवेणी गाँउपालिका शिक्षा शाखा प्रमुख गणेश आचार्यले आफुले सक्ने सहयोग गर्ने बताउनु भएको छ । बन्दाबन्दिको अवस्थामा सुरु गरिएको यो अभियान विद्यालय संचालननहुदा सम्म संचालनहुने रुम टु रिडका कार्यक्रम अधिकृत वावुराम पोख्रेल बताउनु हुन्छ ।
यस अन्र्तगत शिक्षकतथा साक्षरता कार्यक्रममा कार्यरत साक्षरता सहजकर्ताहरुले अविभावकहरु लाई फोन सम्पर्क गरी उहँहरुको बालबालिकाहरुसँग प्रत्यक्ष कुराकानी गर्ने,विद्यार्थी सिकाइ मूल्याकंन अन्र्तगत गरिएको कक्षागत मुल्याँकनमा नानी वावुहरुलाई समस्या परेका अक्षर,मात्रा, पठनप्रवाह, बोध प्रश्नोउत्तर तथा शव्दहरुको वारेमा सिक्ने र सिकाउने कार्य भइरहेको छ । साथै सल्यानका स्थानीय एफएम स्टेशनबाट प्रशारण हुदै आएको रेडियो स्कुल कार्यक्रम सुन्न र सहभागी हुन पनि प्रोत्सान गरिरहनु भएको छ ।