प्रदेश संसद शाह द्धारा सल्यान अस्पताल निरीक्षण तथा निर्देशन

सल्यान /प्रदेश सभा सदस्य गुलावजंग शाह द्धारा सल्यान अस्पतालको निरीक्षण गर्नुभएको छ । सल्यान खलंगा स्तिथ स्वास्थ कार्यलयमा भेटघाट तथा जिल्ला अस्पताल सल्यानको अनुगमण,निरीक्षण तथा छलफल गर्नुभएको छ ।
सल्यान खलंगा स्तिथ स्वास्थ्य कार्यलय प्रमुख दशरथ श्रेष्ठ लगाएत डाक्टर सँग भेटघाट गरी अस्पतालको अवस्थाको वारेमा जानकारी लिनु भएको छ । छलफलका क्रममा आफुहरुको पहलमा अर्थमन्त्रि विष्णु पौडेलले अर्थमन्त्रालयको कार्यभार सम्हालीसकेपछि पहिलो हस्ताक्षर र निर्णय स्वरुप अक्सिजन प्लान्ट तथा ५ वेडको एचडियु वेडको स्तरवृत्तिका लागी वजेट स्विकृत गरेको र उक्त वजेटको भरपुर प्रयोग र गुणस्तरीय संरचना निर्माण संचालनका लागी शाहले निर्देशन दिनुभएको छ ।यस्तो महामारीको वेला पनी अग्रभागमा खटिएर काम गर्ने अस्पतालका स्वास्थकर्मी लगाएत सम्पुर्ण कर्मचारीलाई धन्यवाद दिदै अव हुने अक्सिजन प्यान्ट प्लान्टकै रुपमा जडान गर्न र प्राविधिक हिसावले ज्ञान भएका विज्ञ हरु सँग समन्वय गरी कार्य अगाडी वढाउन पनी निर्देशन दिनुभएको छ । छलफलमा अस्पतालमा एम्वुलेन्स लगाएतका साधनहरुको अभाव भएकोले उक्त साधनहरुको लागी पहल गरीदिन अस्पताल विकास समिती अध्यक्ष चन्द्र प्रकाश वलीले अनुरोध गर्नुभएको थियो ।
पछिल्लो समय कोभिडको असरका वारेमा छलफल गरी सल्यान अस्पतालको समस्याका वारेमा जिल्ला स्तरमा नागरीकहरुले जनप्रतिधिहरु लाई जिल्लामा उपस्थिती नभएको तथा स्वास्थ सामाग्री अभावको वारेमा चासो देखएपछि काठमाण्डौमै वसेर शाह लगाएत मनोज प्रधान,तिलक मल्ल,फौद वहादुर वस्नेत लगाएतले सल्यान अस्पतालका लागी पहल कदमी थाल्नु भएको थियो र सल्यान अस्पताल लाई चाहिने स्वास्थ सामाग्रीहरु समेत अस्पतालका लागी स्वास्थ विभाग तथा मन्त्रालयमा पुगी सहजीकरण गरी अस्पताल प्रशाशण लाई हस्तान्तरण गर्नु भएको थियो ।
प्रदेश संसद शाहले आजमात्र स्वास्थ कार्यलयलाई अक्सिजन कन्सन्ट्रेशन तथा अन्य स्वास्थ सामाग्री हस्तान्तरण गर्नु भएको छ ।हस्तान्तरण कार्यक्रममा एमाले सल्यानका उपाध्यक्ष भिम वहादुर सेन,प्रदेश कमीटी सदस्य मनोज प्रधान सल्यान काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष फौद वस्नेत,जिल्ला सदस्यहरु महेश देवकोटा मनोज सिंह लगाएको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार