अमेरीकामा वस्ने सल्यानीहरुद्धारा अक्सिजन सिलिण्डर सहयोग

टेकराज शाही,सल्यान /सल्यान स्थाई घर भई अमेरीका वसोवासगर्ने सल्यानीहरुको सहयोगमा खरीद गरीएको अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री जिल्ला अस्पताल सल्यान लाई हस्तान्तरण गरीएको छ ।
सल्यान जिल्लाको विभिन्न ठाँउवाट रोजगारीको शिलशिलामा अमेरीका पुगेका सल्यानी हरुले सल्यान अस्पतालका लागी सहयोग स्वरुप रकम संकलन गरेर थोरै भएपनि अक्सिजन अभाव कमी होस भन्ने उदेश्यले सानो सानो सहयोग रकम जम्मा गरी अक्सिजन सिलिण्डर खरीदगरी सल्यान अस्पताल लाई हस्तान्तरण गरेको अभियानको नेतृत्व गरीरहनुभएका प्रकाश रावतले जानकारी गराउनु भयो ।
केही दिन पहिले सल्यान जिल्ला अस्पतालमा अक्सिजन अभावको समाचार तथा अक्सिजन प्लान्टका सम्वन्धमा आएका समाचारहरु हेर्दा आफुहरुको सानो सहयोगलेपनी अस्पताललाई केही राहत हुने महसुस गरी अभियान थालेको रावत ले वताएका छन । संकलित रकम वाट दश थान सिलिण्डर तथा एक वटा भेन डिटेक्टर मेसिन खरीद गरी अस्पताल लाई दिाएको वताएका छन ।
प्राप्त सामाग्री अस्पताल विकाससमितीका अध्यक्ष सिपी वली,स्वास्थ्य कार्यलयका फोकल पर्सन रीखाराम पुन तथा अस्पतालमा कार्यरत डक्टरहरुको रोहवरमा स्वास्थ्य कार्यलयलाई वुझाईएको छ । जसको संयोजन कोहलपुर निवासी शुरेश वुढाथोकी र सल्यानमा  नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य टेकराज शाहीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार