घाँटी रेटेर हत्या गरीएकी कवीता बोहराको हत्यारा सार्वजानीक

सल्यान/गत वर्षको फाल्गुन २ गते राती हत्या गरिएकी सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको ह’त्यारा पत्ता लागेको छ ।

प्रहरीको एक वर्षको अनुसन्धान पछि सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले कविताको हत्या गरेको खुलेको हो । कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत घटनाको बारेमा जानकारी गराएको हो । आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ।तस्विर -खकेन्द्र केसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार