महा शिवरात्री तथा सेना दिवसको अवसरमा सल्यान खलंगामा म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरीएको छ । सवुजगण सल्यान द्धारा आयोजित सल्यान रन फर फन २०७७ नामक पाँच किलोमिटर म्याराथुन दौड सल्यान खलंगामा सम्पन्न गरीएको हो । जिल्ला सदरमुकाम खलंगामा आयोजना गरीएको दौडमा विभिन्न उमेर समुहका चार समुहमा दौड प्रतियोगिता सञ्चालन गरीएको थियो ।
उक्त दौड प्रतियोगितामा १९ नम्बर बाहिनीपति सहायक रथी मदन कुमार केसी , सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई , शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी , बाघचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी तथा सबुज गणका गणपति कञ्चन कृष्ण बस्नेतको उपस्थिती रहेको थियो ।
नेपाली सेना र नागरीक विच सम्वन्ध सुधारका लागी आयोजना गरीएको म्यारथुनले जिल्लामा सम्वन्ध विस्तारको नयाँ आयाम थपिने वताईएको छ । विहान ८ वजे देखि सुरु गरीएको म्याराथुन दौडमा सल्यान जिल्लाका करीव सातसय सहभागी भएको सवुजगणका गणपति प्रमुख सेनानी कञ्चन कृण्ण वस्नेतले जानकारी दिनुभएको छ ।