सर्वाेच्चको निर्णयको स्वागत गर्दे दिप प्रज्वलन

सल्यान/सर्वाेच्च अदालत को निर्णयको स्वागत गर्दे सल्यान खलंगा तथा श्रीनगरमा दिप प्रज्वलन गरीएको छ । सर्वाेच्च अदालतले नेकपा खारेज गरी पुर्ववत नेकपा एमाले र माओवादी केन्द्र मै पुरयाई दिएपछि केपी ओली समुहका नेता कार्यकताले खुसीयालीमा दिप प्रज्वलन गरेका छन । दिप प्रज्वलन सल्यान खलंगा चोक तथा श्रीनगरमा उद्योग वाणिज्य संघको कार्यालय अगाडी आयोजना गरीएको हो ।
दिप प्रज्वलन कार्यक्रम अनेरास्ववियुको आयोजनामा गरीएपनी खलंगामा नेकपाका केन्द्रिय सदस्य लोक वहादुर डाँगी,जिल्ला सदस्य मनोज सिंह,अनेरास्ववियुका सह संयोजक पुष्कर विक तथा वाल संगठनका जिल्ला अध्यक्ष प्रकाश वस्नेत लगाएतको उपस्तिथी थियो भने श्रीनगरमा केपि ओली समुहका उद्योग व्यापार संगठन सल्यानका अध्यक्ष पवन डाँगी लगाएतका नेता कार्यकर्ताकोे उपस्थितीमा दिप प्रज्वलन गरीएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार