नागरिक सैनिक सम्बन्ध बढाउन म्याराथुन हुँदै

 

सल्यान /सेना दिवसको अवसरमा नेपाली सेनाको सबुज गण सल्यान गुल्मको आयोजनामा म्याराथन दौड सञ्चालन हुने भएको छ । फागुन २७ गते शिव रात्रीको दिन सल्यान (शारदा नगरपालिका वडा नम्बर २ सुरक्षा पोस्ट खलंगामा ) १८ देखि माथि ५० बर्ष समुहका महिला तथा पुरुष ५० बर्ष माथि उमेरमा समुहका महिला पुरुष नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बलका महिला तथा पुरुष १८ बर्ष उमेर ननाघेकाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने छन।

उक्त ५ किमि दौड प्रतियोगितामा सहभागीता हुन हुन सबुज गण सल्यानका प्रमुख गणपति कन्चन बस्नेतले सबैलाई अनुरोध गरेका छन । सल्यान जिल्लाको ऐतिहासिक पक्षलाई उजागर गर्न, खेलकुद तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन, खेलकुदमा महिला सहभागितालाई प्रोत्साहन गर्न तथा सैनिक नागरिक सम्बन्ध थप विस्तारको उद्देश्य सहित दौड प्रतियोगिता संचालन गर्न लागिएको सेनाले जनाएको छ ।सहभागीले फागुन २३ देखि २५ सम्म नाम दर्ता गर्न सक्ने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार