प्रदेश संसद शाह द्धारा लिप्ट खानेपानी आयोजनाको शिलान्यास

सल्यान /सल्यानको सल्लिवजारमा लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । विगत लामो समय देखि विवाद हुदै आएको लिफ्ट खानेपानी हाल आएर काम अघि वढ्ने भएको छ । २०७२ सालमा आएको आयोजना २०७७ मा शिलान्यास भएकोमा प्रदेश संसद गुलाफ जंग शाहले दुख व्यक्त गर्नु भएको छ ।बर्षेनि गर्मी समयमा खानेपानीको चरम संकट व्यहोर्नुपर्ने यहाँका स्थानीय भने यो आयोजना सम्पन्नता पश्चात् खानेपानीको समस्याबाट निकास पाउने आसा राखिएको छ । ६ वर्ष पहिले विनियोजन भएको वजेट वल्ल राजनीतिम विवाद समाधान पछि अघि वढ्ने भएको छ । खुट्टा ताने प्रविधि प्रति आफु निकै मर्महात भएको शाहको भनाइ छ । २०७२ सालमा नेता शाहको पहलमा ४ लाख विनियोजन भएको थियोे तर त्यो कामले सार्थकता पाउन सकिरहेको थिएन ।

आएको विकासलाई सबैले अपन्वत्त गर्न उहाँको जोड थियोे । आफ्नो निर्वाचन क्षेत्रमा केही व्यक्तिको संकेतिक इसारा ठुलो योजनाको काम होल्ड भएको जनाउनु भएको छ । जस्तै रुकुम चौहजारी सडक खण्ड पिच हुन नसक्नुको मुख्य कारण तेहि भएको उहाँको भनाइ छ । राजनीतिक प्रतिसोधले आफ्नो निर्वाचन क्षेत्रका महत्त्वपूर्ण ठुला योजना अघि नवढाउनुमा कर्णाली प्रदेश सरकार यसको दोषि रहेको संकेत गरिएको छ ।राजनीतिक रुपमा खुट्टा तान्ने प्रविधिले बनगाड पछि परेको जनाएको छ । वजारमा वसेर अरुका हजार कुरा गर्नेहरु भन्दा आफ्नो काम र उद्देश्य प्रती मात्रै ध्यान दिन आवश्यक रहेको औंल्याएको छ । जनताले विकासमा अगुवाइ गर्ने वतावरण तय गर्न भनिएको छ । तर यहाँका जनप्रतिनिधिको अवस्था हेर्दा जनता प्रती जवाफदेही नभएको शाहको दुखेसो थियोे । अर्कोपटक पनि जनतामाझ जान सक्ने अवस्थाको सृजना गर्न उहाँको विशेष जोड थियोे ।

लिफ्ट खानेपानी जनश्रमदान सहित ५ करोड ७६ लाख र ५ सय घरधुरीका लागि २ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण हुने जनाएको छ।सल्लिवजार,वस्नेरा जिउला,आँपखोली,खाम्नेचौर वस्तिहरुमा खानेपानी पु¥याउने लक्ष्य लिएको छ ।त्यसैगरि बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले विकासमा साझेदारी आवश्यक रहेको जनाउँदै लिफ्ट खानेपानी आयोजनामा वजारवासिको अधिकतम् सहयोग रहेको जनाउनु भयो ।

त्यसैगरी धारणा राख्ने क्रममै जिल्ला समन्वय समिति सदस्य आसा वली, १ नं वडा अध्यक्ष शान्त कुमार यरी, खानेपानी सिचाइ उर्जा विकास कार्यलय सल्यानका प्रमुख पदम प्रसाद देवकोटा,लिफ्ट खानेपानी समितिका अध्यक्ष दिपवहादुर खड्काले खानेपानी आयोजना सफल बनाउन सबैलाई आह्वान गर्नु भएको छ ।उपभोक्ता समितिका सचिव टेकबहादुर पुनले सञ्चालन गर्नु भएको थियोे । समितिले भुमि निर्माण सेवा रोल्पालाइ कामको जिम्मेवारी समेत दिइसकेको छ । खानेपानी आयोजना सम्पन्न भए पछि सल्लिवजारवासीको खानेपानी समस्या सल्टिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार