सल्यानको छत्रेश्वरी गाँउपालिका कार्यलय छेउमा एउटा विद्यालय छ । विद्यालयको नाम हो त्रिभुवन जनता माध्यामिक विद्यालय । जिल्ला सदरमुकाम वाट केही किलोमिटर तथा गाँउपालिकाको केन्द्रकै छेउमा अवस्थित यस विद्यालयको कक्षा १ र २ का नानी वावुहरु कक्षा सुरु हुनुभन्दा अगाडी कक्षागत गित तथा अन्य रमाईला कृयाकलाप सँगै पहिलो घण्टी सुरु गर्छन ।कक्षाकोठाहरु पनी सफा छन । वस्नका लागी भुई टेवल,कुसुन हरुको व्यवस्था गरीएको छ । भित्ताहरु रंगिचंगि छन । कक्षा कोठाको छेउमै कर्नर पुस्तकालयको व्यवस्था गरीएको छ ।
कक्षा १मा नेपाली भाषा पढाउने शिक्षक मानसिंह नेपालीका अनुसार सन २०१८ देखि विद्यालयमा साक्षरता कार्यक्रम संचालन भएदेखि प्रथामिक तहको पठनपाठनमा उल्लेख्य सुधार गर्न सकिएको र बालबालिकाहरुको चाप पनी बढेको वताउनु हुन्छ । साक्षरता कार्यक्रमले मार्फत विद्यालयमा कक्षा १ र २ मा वसाई व्यवस्थापन तथा पुस्तकालय स्थापना गरीदिएपछि तल्लो तहका नानी वावुहरुका लागी पठनसिप र पढने वानीको विकास भएको शिक्षक राम बहादुर डाँगी वताउनुहुन्छ ।
साक्षरता कार्यक्रम मार्फत रुमटुरीड र दलित विकास समाज सल्यान सल्यान द्धारा साक्षरता कार्यक्रम मार्फत विद्यालयमा पठन सिप विकास गर्न गरीएको साझेदारीले महत्वपुर्ण भुमिका खेलेको साक्षरता कार्यक्रम सहजकर्ता राम बहादुर भण्डारीले वताउनु भयो । उहाँका अनुसार संस्था,गाँउपालिका र विद्यालय विच साझेदारी मार्फत संचालन गरीएको कार्यक्रमलाई विद्यालयहरुले अपनत्व समेत ग्रहण गर्नुभएको छ । सहजकर्ता भण्डारीका अनुसार कक्षा १ र २मा नेपाली भाषा पढाउने शिक्षकहरुका लागी तालीम दिने गरेको र तालिम अनुसारको सन्दर्भ सामाग्री प्रदान गरीने गरीने र सोही अनुसार शिक्षकहरुले पठनपाठन गर्ने गर्नुहुन्छ ।
रुम टु रीड को आर्थिक सहयोग, गाँउ तथा नगरपालीका हरुको समन्वयमा दलित विकास समाजले विद्यालयहरुसँग साझेदारी गरी संचालन गरीरहेको साक्षरता कार्यक्रम सल्यान जिल्लाका ५४ वटा विद्यालयहरुमा संचालन गरीएको छ ।भौतक रुपमा पुर्ण नभएपनी भएकै संरचनालाई व्यवस्थित वनाई पठनपाठन लागी प्रयोग गरीरहेको विद्यालयले पुरानै भवनहरुलाई प्रयोग गरी पठनपाठन लाई व्यवस्थित गरीरहेको विद्यालयका प्रअ जित वहादुर भण्डारी वताउनुहुन्छ ।