सल्यानमा सेनाको प्रकोप उद्धार रणनिती -साईकलको प्रयोग गर्दे

नेपाली सेनाको सल्यान स्तिथ सवुज गणले विपदमा उद्धार गर्न साईकलको प्रयोग गर्ने भएको छ । नेपाली सेनाको सवुज गणले विपदको वेला उद्धार गर्न जाँदा  तत्काल ठुलो सवारी साधन प्रयो गर्न नसकिने अवस्थामा साईकलको प्रयोग गर्ने रणनिती लिएको छ ।
सल्यान खलंगा आसपास लगाएतका ठाँउहरुमा वर्षको कारण पहिरो जाँदा सेनाको फौज तत्काल जान लाई ठुलो गाडी प्रयोग गर्न नसकिने अवस्थामा छिटो छरीतो उद्धारका लागी साईकल मार्फत नै सेनाको टिम लाई उद्धार स्थलमा पठाउन यो रणनिती अपनाईएको सवुजगणका गणपति प्रमुख सेनानी कञ्चन वस्नेतले जनाउनुभएको छ ।


प्रमुख सेनानी वस्नेतका अनुसार अनुसार यहि वर्र्र्षपनी खलंगा आसपास लगायत धेरै ठाउमा वर्षातले क्षति पुरयाएको हुनाले वाटोघाटो वन्द भएकोले उद्धारमा जान ठुलोगाडी पास नहुने भएकाले साईकल सम्म भएपनी छिटो छरीतो पुग्न सकिन्थ्यो भन्ने सिकाई भयो अनी साईकल प्रयोगका लागी साईकल खरीद तथा तालिम दिने कार्य भईरहेको छ ।
सल्यान जिल्लामा विपद व्यवस्थापन उद्धारका लागी नेपालि सेनाले मुख्य भुमिकामा काम गर्दे आईरहेको छ । यसका साथसाथै विरामीहरुको उद्धार,सामजिक काम हरु निरन्तर गर्दे आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार