सल्यान प्रदेशसभा क बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य नेकपा प्रमुख सचेतक गुलावजंग शाहले सिरचौर हुदैँ लेख जोड्ने सडकको उद्घाटन गर्नुभएको छ ।सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ को सिरचौर हुदैँ लेख जोड्ने मोटरबाटोको उद्घाटन गर्नुभएको हो । कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम (संसद विकास कोष) अन्तर्गत उक्त सडक निर्माण गरिएको हो ।
नेकपाका केन्द्रिय सदस्य,नेकपा कर्णाली प्रदेश सांसदिय दलका प्रमुख सचेतक शाहले जिल्लामा सुन्तला,अदुवा,टिमुर लगाएत अन्य कृषि जन्य बस्तु,पर्यटन पर्वद्वनको लागि प्राकृतिक सम्पदाहरु प्रशस्त मात्रामा हुनुले जिल्लाको बिकास निर्माणमा टेवा पुग्ने बताए ।उनले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने ४२ वटा वडाको गहिरो अध्यन गरेर कुन ठाउँमा कस्तो खाले बिकासको आवश्यक हो र त्यसको दृर्घकालिन महत्व केहो भन्ने कुरालाई मध्यनजर गर्द्वै बजेट बिनियोज गरेको बताए । सडक उद्घाटन गर्द्वै शाहले शारदा नगरपालिका वडा नं.७ भौगोलिक अवस्था र शारदा नगरपालिकाको नेतित्वले उपेक्षित गरेको वडा भएको बताएका छ्न ।
उनले फरक राजनीतिक बिचारधाराकै आधारमा नेतित्वले वडा लाई हेर्ने फरक दृष्टिले आम वडा बासीलाई नै घाटा पुगेको बताएका छ्न। शाहले त्यस्तो प्रवृत्तिलाई चुनौती दिदै सकारात्मक राजनैतिक संस्कार बसाल्नका लागि र आफ्नो कर्तव्य र दायित्वलाई जनता सामु पुर्याउनको लागि वडा नं.७ को रामेखोला देखि बनगाड सम्म जोड्ने सडक निर्माणको लागि गत बर्ष ५० लाख बजेट बिनियोजन गरिएको,रामेखोला सिरचौर हुँदै लेख जोडने सडकमा २० लाख बजेट बिनियोजन गरिएको र संघिय सरकार बाट वडा नं. ७ लाई बिधुतिकरणको लागि लाखौ रकम छुट्याइएको र उक्त रकम कोरोनाको कारण प्रयोगमा आउन समेत नसकेको बताए । उनले आफना मतदाता,कार्यकर्ता,शुभचिन्तक सबैलाई इमानदार भएर बिकास निर्माणको कार्यमा लाग्न अनुरोध गरेका छ्न भने,जनताको बिकासका लागि तिनै तहका सरकार संग सहकार्य गर्न समेत तयार रहेको बताएका थिय ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खुमराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, दिपेन्द्र प्रकाश डिसी लगाएतकाले बोल्नुभएको थियो । सो अबशरमा बोल्दै शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोकाले सिरचौर लेख सडक सञ्जालमा जोडिएसँगै आर्थिक उपार्जनका क्रियाकलापमा सरिक हुन स्थानियलाई आग्रह गर्नुभएको छ । टिमुर, सुन्तला, अदुवा लगाएत पशुपालनको हिसावले पनि यस क्षेत्र अब्बल भएको बताउदैँ उहाँले यस्ता खालका क्रियाकलाप सञ्चालन गर्दा आबश्यक पर्ने सहयोग गर्न वडा कार्यालय तयार भएको उहाँको भनाई छ ।