सल्यान भाद्र २३/अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रुम टु रीड,पढनको लागी कोठा तथा दलित विकास समाजको आयोजनामा भर्चुअल रुपमै साक्षरता दिवस मनाईएको छ । सल्यान जिल्लामा अवस्थित सरकारी तथा निजि विद्यालय स्थानीय सरकार सरकारी कार्यलयको सहभागितामा भर्चुअल रुपमा रचना वाचन गरेर दिवस मनाईएको हो ।
कोरोनाको कहर विद्यार्थिको पढने रहर भन्ने विषयवस्तुमा आधारीत भई गित,कथा,कविता हरुको खुल्ला वाचन आयोजना गरीएको थियो । भर्चुअल रुपमा जिल्ला व्यापि खुल्ला रचना वाचन कार्यक्रम आयोजना गरीएको उक्त कार्यक्रममा सरकारी तथा निजी विद्यालयहरुका शिक्षक विद्यार्थि हरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
स्थानीय तहको तर्फवाट त्रिवेणि गाँउपालिकाका अध्यक्ष मान वहादुर डाँगी,शिक्षा विकास तथा समन्वय ईकाई सल्यानका प्रमुख लाल वहादुर घर्ति,वागचौर नगरपालिकाका शिक्षा शाखा प्रमुख टेक वहादुर डिसी,प्रअ को तर्फ वाट शिद्ध आवि खालीका प्रअ पदम खडका,दलित विकास समाजका अध्यक्ष निम वहादुर नेपाली तथा भाषा शिक्षकको तर्फ वाट मीना गीरी लगाएतले शुभकामणा मन्तव्यका साथै साक्षरता दिवसको अवसरमा भर्चुअल रुपमै कार्यक्रम आयोजना गरेर सरहानिय कार्य गरेको भनी प्रशंसा समेत गर्नुभएको थियो ।
लकडाउनको वेलामा पनी विद्यार्थि,शिक्षक,वालवालिका लगाएतलाई सहभागिता वनाएर यस्तो कार्यक्रम आयोजना गरीनु निकै सुखद र फलदायि रहेको त्रिवेणि गाँउपालिका अध्यक्ष मान वहादुर डाँगीले वताउनु भयो । अहिले कोरोना काकारण मानव जाति नै संकटमा रहेको वेला रेडियो मार्फत भए पनी नैतिक शिक्षा सँगै श्रृजनशिल काममा लगाउनु अत्यन्त राम्रो काम भएको धारणा राख्नु भएको छ ।
जिल्ला भरी वाट प्राप्त २२ वटा रचनाहरु लाई सल्यान जिल्लाका रेडियो राप्ति,रेडियो तहल्का,रेडियो शारदा र रेडियो कपुरकोट मार्फत ५० मिनेटको रेडियो कार्यक्रम निर्माण गरेर प्रशारण गरीएको थियो ।