प्रदेश संसद शाह द्धारा सल्यानका वाढी पहिरो पिडित सँग भेटघाट,क्षतिको निरीक्षण

जिल्लाका सुरक्षा निकायका प्रमुखसँगै क्षतिको एकिन गर्न प्रदेश सभा सदस्य गुलावजंग शाह बाढीपिडित कहाँ पुग्नुभएको छ । एउटा महामारीले अक्रान्त पारेको समयमा फेरी बाढीपहिरोले सल्यानका विभिन्न स्थानमा नागरिकको उठिवास पारेको छ । कोरोनाकहरसंगै अबिरल बर्षाका कारण बाढिपिडितको घरमा जिल्लाका सम्पूर्ण सुरक्षा निकायको टोलीसहित नेकपा केन्द्रीय सदस्य सल्यान जिल्ला सह–इन्चार्ज, सल्यान प्रदेश सभा (क) का सांसद तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाव जंग शाह सल्यानको बाफुखोला पुगेर वाढिपिडितलाइ भेट्नु भएको छ ।

देशमा कोरोनाले आक्रान्त भइरहेका बेला फेरी बर्षायामसंगै जनतालाई अर्काे सास्ती पुगेको छ । सल्यान प्रदेश सभा (क) निर्वाचन अन्तरगत पर्ने बागचौर नगरपालिका वडा नं. १२ बाफुखोलामा बर्षायामसंगै भारी बर्षाका कारण ३ घर पूर्ण रुपमा क्षतिसहित ९ वटा भेडा बाख्रा ५० घरधुरी अति जोखिम र केही विद्यालयमा पनि क्षति गरेको छ ।

ठुला तथा साना व्यापार व्यवसायहरुमा भएको क्षतिको विषयमा प्रत्यक्ष स्थलगत रुपमै गएर सल्यान जिल्लामा रहेका सम्पूर्ण सुरक्षा निकाय प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रल, सिमखर्क व्यारेकका गणपती कञ्चन बस्नेत, जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, जिल्ला अनुसन्धान प्रमुख विनोद दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख प्रमोद कुमार राय, नेकपा बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा, नेता शोभाराम बस्नेत, पत्रकार दिपसागर भण्डारी लगायतको टोली गएर अनुगमन तथा निरिक्षण गरिएको छ । उक्त क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरी क्षतिपूर्ति बापत नियमसंगत हुने राहत जिल्ला स्तर तथा प्रदेश स्तरबाट हुने राहतका स्वरुपहरु आफुले तत्काल पुरयाउने संसद शाहको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार