प्रदेश सभा सदस्य शाहको पहलमा निर्मित दुई विद्यालय भवन उदघाटन (फोटो फिचर)

आईसिटी ल्यावको समेत निरीक्षण

४ भाद्र


सल्यान/कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाह द्धारा विद्यालयका २ वटा भवन उदघाटन गरीएको छ ।
वागचौर नगरपालिका वार्ड नं ७ स्तिथ वाल कन्या माध्यामिक विद्यालयमा शाहको पहलमा कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण गरीएका ६ कोठे एउटा र तिन कोठे अर्काे भवनको एक कार्यक्रमका विच उदघाटन गरीएको हो । कर्णाली प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालय अन्र्तगतको २०७५/०७६ र २०७६/०७७ को वजेट वाट ८० लाख वजेट लागतमा उक्त दुई भवनहरु निर्माण गरीएको हो ।


उदघाटन कार्यक्रममा वाल्दै प्रदेश संसद शाहले जिल्लामा गरीने हरेक विकास निर्माणमा राजनीती गर्न नहुने धारणा राख्नुएको थियो । राजनिती गर्ने भनेको निर्वाचनमा हो जव निर्वाचित भएर गईन्छ अनी सवै नागरीकको प्रतिनिधि वन्नु पर्ने धरणा व्यक्त गर्नुभएको थियो । उहाँका अनुसार जनतावाट निर्वाचित जुन सुकै तहको जनप्रतिनिधि किन नहोस उसले गर्ने व्यवहार र विकास समानुपातिक हिसावले र आवश्यकताको आधारमा गरीनु पर्छ न कि मान्छेको अनुहार पहुचको आभारमा हुन नहुने धारणा राख्नु भएको थियो ।


विद्यालयले आयोजना गरीएको उदघाटन कार्यक्रममा वागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुन,नेकपा कर्णाली प्रदेश कमीटी सदस्य लोक वहादुर डाँगी,नेकपाका जिल्ला कमीटी सदस्यहरु घनश्याम शर्मा,दिपेन्द्र डिसि, काँग्रेस जिल्ला कमिटी सदस्य दामोदर गौतम वार्ड अध्यक्ष शेर वहादुर घर्ति लगाएतले सहित विद्यालय र कोटवारावासि लाई गरेको माया र सदभावका लागी उच्च प्रशंसा र धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


कार्यक्रमको अवसरमा साविक कोटवारा तथा आसपासका विद्यालयका प्रअ तथा अध्यक्ष हरुले संसद शाह लाई सामुहिक भेटघाट गरी विकास निर्माणमा खेलेको भुमिकाको उच्च प्रशंसा गर्दे आगामी दिनमा अझ सहयोग प्राप्त होस भनी अनुरोध समेत गरेका थिए ।
उदघाटनकै अवसर पारेर प्रदेश संसद शाहकै पहलमा निर्माण गरीएको आईसिटी ल्यावको समेत निरीक्षण गर्दे सही ढंगले प्रयोग गर्न निर्देशन समेत दिनुएभएको थियो ।
सामाजिक दुरी कायम गरी तथा मास्क वितरण सहित संचलन गरीएको कार्यक्रमको अध्यक्षता शोभाराम भण्डारीले गर्नु भएको थियो भने संन्चालन प्र.अ. उमेश वुढाथोकीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार