टेकराज शाही
श्रावन ३० /घरायसि कामको सिलसिलामा लडेर उच्च रक्तश्राव भएकी महिलालाइ सेनाले रगतको व्यवस्था गरी सहयोग गरेको छ । सल्यानको शारदा नगरपालिका वार्ड नं ५ मार्के निवासि २९ वर्षकी निर्मला रोकायालाई आवश्यक रगत व्यवस्था गरी उनको ज्यान वचाएको हो ।
घरायसि कामको सिलसिलामा लडेकी निर्मला लाई उनको परीवारले जिल्ला अस्पताल सल्यान पुरयाएका थिए । अस्पताल सम्म पुरयाएपनी उच्च रक्तश्रावका कारण उनको पेटमा भएको वच्चाको मृत्यु भएको थियो ।
निर्मला लाई रगतको अभाव भएको खवर प्राप्त भएपछि सल्यानमा अवस्थित सवुज गणका गणपति कञ्चन वस्नेतको पहलमा गणकै व्य.नं. २३३७९४ अम माधव केसिले निर्मलाका लागी एक पाउण्ड रगत प्रदान गरेका थिए ।
रगतको व्यवस्था सँगै सल्यान अस्पतालमा डक्टर हरुको मेहनत पछि निर्मलाको ज्यान सुरक्षित रहेको सल्यान अस्पताल श्रोतले जनाएको छ ।