लकडाउनको समय पुन एक हप्ता थपियो

काठमाडौं : सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो।

आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार