विमानस्थलमा कोरोना नभएको प्रमाणित हुने कागजात अनिवार्य

काठमाडौँ । सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ । कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको पनि सरकारले जनाएको छ ।

उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस क्रममा स्वस्थ रहेका व्यक्तिहरुलाईसेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धतासहित पालना गर्नुपर्ने नियमहरुका बारेमा सूचित गर्ने व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार