सेनाको सहयोगमा प्रसुति भवन निर्माण हुदै

फागुन १६, सल्यान ।

दार्मा गाउँपालिका -५ त्रिवेणीमा चार कोठे प्रसुती भवनको एक कार्यक्रमको शिलन्यास गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी भवनको शिलन्यास गरिएको हो ।
दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी र सवुज गण सिमखर्क व्यारेकका कर्णेल घनश्याम भट्टराईले शिलन्यास गर्नु भएको हो । नेपाली सेनाको २५ लाख लगानी र झन्डै २५ लाखको श्रमदान गरी ५० लाखको लागतमा प्रसुती भवन निमार्ण हुन लागेको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले दार्मा गाउँपालिकाको वडा न ५ ६ को सेवा क्षेत्र भित्र रहेको त्रिवेणीमा बन्न लागेको प्रसुती भवनले सदरमुकाम र गाउँपालिकाको केन्द्रबाट रहेको दुरीलाई हटाउने बताए । सुरक्षित प्रसुती सेवा प्रदान गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य रहेको बताउदै केसीले असुरक्षित सुत्केरीबाट हुने जोखिमलाई कम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै सवुज गण सिमखर्क व्यारेकका प्रमुख सेनानी घनश्याम भट्टराईले कर्णाली प्रदेशभर एक प्रसुती भवन बनाउने कार्यक्रम अन्र्तगत ढाकाडाममा भवन बनाउन थालेको बताए । जनतालाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य र जनतासँग सम्बन्ध थप सुद्धढ गर्न यस कार्यले थप मद्दत गर्ने बताए ।  चालु आर्थिक वर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरी काम हुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार