सल्यान /सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडा चौविस घण्टा मध्य अधिकांस समय नागरीक हरुसँगै विताउछन । उनी कार्यलयको जरुरी काम वाहेक अन्य समयमा कार्यलय वाहिरै भेटिन्छन । सल्यान जिल्लाका हरेक स्थानीय तह,जनप्रतिनिधी हरु सँग चिया पसलमा वसेर नागरीक हरु सँगै चिया खाँदै जिल्लाको शान्ति सुरक्षा तथा आम नागरीकका सरोकारका विषयमा सहकार्यका लागी छलफल,चिन्ता,चासो र सामाजिक अभियामै विताउने गरेका छन ।
प्रहरी प्रमुख खतिवडा सल्यान जिल्लामा भाद्र १८ गते सल्यान प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन । उनी सल्यान आए देखि सल्यान जिल्लामा उनीले संचालन गरेका सामाजिक आभियान र शान्तिसुरक्षाका लागी चालिएको पहिलो काम भनेको आफ्नो कार्यलय वाटै सुरुगरेका छन । उनीले सल्यान जिल्लामा कार्यरत आफनो मातहतका सवै युनिट तथा कार्यलयहरुका सवै प्रहरी कर्मचारी हरुलाई सल्यान जिल्लामा रहदा चाहे डयुटीमा होस या डयुटी वाहीर रहदा मादक पदार्थ सेवन गर्दिन यदी गरेको पाईएमा सेवा वाटै निष्काशन हुन मञ्जुर छु भन्ने व्यहोराको कागज वनाएर कार्यलयमा राखेका छन उक्त कागजमा आफु स्वयं देखि सल्यान जिल्लामा कार्यरत तिन सय तेत्तिस प्रहरी कर्मचारीको हस्ताक्षर सहितको कागज हेर्न सकन्छ । उक्त हस्ताक्षरीत सुचिमा आफनो नाम पहिलो नम्वरमा राखेका छन । उनको यो कार्यले सल्यानमा कार्यरत कुनै पनी प्रहरी कर्मचारीहरु मापसे गर्देनन र प्रहरी कर्मचारीका परीवार समेत डिएसपिको यस कार्य प्रति खुसि छन । यस कार्यले जनताको काम र शान्ति सुरक्षा कायम गर्न मद्धत पुग्ने् विश्वास डिएसपि खतिवडाले लिएका छन ।
त्यसैगरी उनले अर्काे अभियान पनी सुरु गरेका छन त्यो भनेको वाल विवाह न्युनिकरणका लागी पण्डित हरु लाई अभिमुखिकरण कार्यक्रम हो । सल्यान जिल्लाका सवै पण्डित हरुलाई सदरम’शकाम वोलायर यस अभियानमा सघाउना अनुरोध गर्दे प्रतिवद्धता समेत गराईसकेका छन । उक्त कार्यक्रम मार्फत उमेर नपुगेका जोडीको विहे नगराउन तथा विहे गराउने कार्यमा संलग्न हुदा उमेर सोधेर मात्र संलग्न हुन निर्देशन दिएका छन । त्यसै गरी जिल्लामा स्थापना गरीएका छापाखाना हरुलाई समेत वोलायर उमेर नपुगेका कुनैपनी व्यक्तिको विहेका निम्तो कार्ड छाप्न आए नछाप्न र प्रहरी लाई खवर गर्न अनुरोध गरी प्रतिवद्धता सहितको कागज वनाएका छन ।
उनी सल्यान आएको करीव ६ महिनामा सल्यान जिल्लाका सठचालिस हजार घरधुरीमा पुग्ने उनको योजना सफल हुदै छ । सल्यान जिल्लाका दश वटै पालिकाहरुको सहकार्यमा एक घर एक स्टिकर अभियान चलाईरहेको प्रहरी आजको मिती सम्म दश हजार घरधुरी पुगिसकेका छन भने अवको विस दिन पछि सवै घर धुरीमा पुग्ने उनको योजना समेत रहेको छ । उक्त स्टिकरमा जिल्ला स्थित महत्वपुर्ण कार्यलयका फोन नम्वर तथा वाल विवाह गर्नु गराउनु गलत कार्य हो भन्ने जस्ता सचेतना सम्वन्धि विषयहरु लेखिएका छन ।