संसद गजेन्द्र महतको आक्रोस -गृह मन्त्रालय काम नभएर हाम्रा घर भत्काउदै हिडेको छ

काठमाडौं : सांसद गजेन्द्रबहादुर महतले छाउगोठका नाममा स्थानीयका घर भत्काइदिएको भन्दै आक्रोश पोखेका छन्।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा महतले छाउगोठका नाममा ‘हाम्रा घर भत्काउने ? यो के हेरेर बसेको छ गृहमन्त्राल, यसले काम पाएको छैन?’ भन्दै आक्रोश पोखे।

उनले भने,’ हिजो गोरखाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउन थालियो।हाम्रो छाउगोठको नाममा हाम्रा घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ। ८ जनाको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने। हजारौं व्यक्तिको बसमा मृत्यु भएको छ। बसमा आगो लगाउँदै हिँड्ने।’

उनले भने,’ यो पनि तरिका कहीँ हुन्छ।चाहिँदो काम गर्नुपर्यो नि।’उनले जिल्लामा भ्रष्टाचार मौलाएको जिकिर गरे।उनले भने,’ जिल्लामा त्यत्रो भ्रष्टाचार भइरहेको छ।नुन बेचिएको छ।औषधि बेचिएको छ।उहीहरुलाई समात्नु पर्दैन।पुलको बेहाल छ। बाटोको बेहाल छ। ठेकेदार कहाँ छ कहाँ छ उनीहरुलाई पक्राउ गरी कारवाही गर्नुपर्दैन।स्कुलको अवस्था छ।अस्पतालको अवस्था के छ।त्यो हेर्नुपर्दैन।’

सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय जिल्लामा महिनावारी भएको समयमा महिलालाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा  मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ।स्थानीय प्रशासनले छाउगोठ भत्काए पनि स्थानीयले फेरि  घरनजिकै वैकल्पिक छाउगोठ बनाइहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार