शारदा नगरपालिका र सेनाको सहकार्यमा मन्दिर पुर्ननिर्माण कार्य सम्पन्न

 375 पटक हेरिएको

माघ १ सल्यान/शारदा नगरपालिका सल्यान र सवुज गण सल्यानको पहल तथा सहकार्यमा शानपा ८ सिमखर्कमा भगवतिको मन्दिर उदघाटन तथा मुर्ति प्रतिष्थापन गर्ने कार्य सम्पन्न गरीएको छ ।

२०५९ सालमा सवुज गण सल्यानमा हुदा निर्माण गरीएको उक्त मन्दिर जिर्ण अवस्थामा रहेको थियो । सवुज गण सल्यानको पहल तथा दक्ष प्राविधिक हरुको व्यवस्थापनमा उक्त मन्दिर लाई जिर्णाेद्धार तथा मुर्ति प्रतिष्थापन गरी आजकै मिती देखि उक्त मन्दिर स्थानीयलाई पुजा पाठका लागी हस्तान्तरण गरीएको छ ।

मकर सक्रान्तिको अवसर पारेर शारदा नगरपालिकाका मेयर शुरेश अधिकारी तथा सवुज गणका निमित्त गणपति मेजर राजेश कार्कि द्धारा सयुक्त रुपमा उदघाटन गरी स्थानीय लाई हस्तान्तरण गरीएको छ । हस्तातरण तथा मुर्ति प्रतिष्थापन कार्यक्रममा शारदा नगरपालिकाका मेयर,सवुज गणका मेजर राजेश कार्की,वडा नं ८ का वडा अध्यक्ष तथा स्थानीय नागरीकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार