बगदाद विमानस्थलमा हवाई आक्रमण गरी अमेरिकाद्वारा इरानी कुड्स फोर्सका प्रमुखको हत्या

अमेरिकाले बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हवाई हमला परी इरानी रिभोलुसनरी गार्डको कुड्स फोर्सका जनरल कासिम सोलेमानी मारिएका छन् । यसको जिम्मेवारी अमेरिकाले लिएको छ । यस हमलामा कताइब हिज्बुल्लाहका कमान्डर अबू महदी अल–मुहादिस पनि मारिएका छन् ।पेन्टागनले ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा’ उनको हत्या गरिएको पुष्टि गरेको छ ।

बगदादको अन्तर्राष्ट्रिय एयरपोर्टमा हमलाको खबरपछि कासिमको मृत्युको खबर आएको हो । उक्त हमलामा अन्य धेरैको मृत्यु भएको खबर छ ।

‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले विदेशमा रहेका अमेरिकी नागरिकको रक्षार्थ निर्णायक रक्षात्मक कदम अनुरुप कासिमको हत्या गरेको हो । अमेरिकाले उनलाई आतंकवादी घोषित गरेको थियो,’ पेन्टागनले एक विज्ञप्ती जारी गर्दै भनेको छ ।

सोलेमानी गत २७ डिसेम्बरसहित कयौँ महिनादेखि इराकस्थित अमेरिकी सैन्य ठेगानामाथि हमला गर्नमा शामेल थिए । यसको अलावा अमेरिकी दूतावासमा भएको भएको हमला पनि उनले आफ्नो स्वीकृति दिएका थिए ।’

‘यो हमला इरानले भविष्यमा गर्न सक्ने आक्रमणलाई विफल पार्न गरिएको हो । संयुक्त अमेरिकाले आफ्नो जनताको रक्षाका लागि संसार भरी नै उचित कदम चाल्नेछ ।’

बगदादस्थित अमेरिकी राजदूतावासमाथि प्रदर्शनकारीले केही दिन अघि आक्रमण गरेका थिए र प्रदर्शनको क्रममा अमेरिकी सेनासँगको भीडन्त पनि भएको थियो ।

जनरल कासिम सुलेमानीको हत्यालाई मध्य–पूर्वसँग जोडिएको एउटा ठूलो घटना बताइएको छ । यसले ईरान र उसले समर्थित मध्यपूर्वका शक्तिले इजरायल र अमेरिकाविरुद्ध जोडदार जवाफी कारवाही गर्ने आशंका गरिएको छ ।

गत आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकस्थित कताइब हिज्बुल्लाह सङ्गठनको ठेगानामा निशाना बनाएको थियो । यसमा कम्तिमा २५ लडाकु मारिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार