राष्ट्रपति भण्डारीले गरिन १३ औं सागको उद्घाटन

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गरेकी हुन् ।

यसअघि सातैदेशका खेलाडी तथा प्रतिनिधिहरुले मार्चपास गरेका थिए । अहिले सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरेका छन् ।

अब उद्घाटन समारोहमा नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति दिने कार्यक्रम छ । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । १३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार