एउटै गाउँका पाँच जनाको मृत्यु भएपछि गाउँभरी रुवावासी

सल्यान १५, मंसिर/ सल्यानको बागचौर नगरपालिका ४ पेदीखोला निवासी पाँच जनाको मृत्यु भएपछि पेदीखोला गाउँ शोकमग्न भएको छ । तिहार सकेर कास्की जिल्लामा मज्दुरी गर्न गएका एउटै गाउँका पाँच जनाको आइतबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएपछि गाउँ शोकमग्न भएको हो ।
कास्कीको पोखरा महानगरपालिका २० मौजामा सडकको नाला निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४७ बर्षिय जित बहादुर वस्नेत, २६ बर्षिय गणेश वली २६, बर्षिय तोभान वस्नेतको घटनास्थलमै मृत्यु भएको थियो भने ५० बर्षिय जोगेन्द्र बुढाथोकी र २५ बर्षिय खिमलाल वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यहि मंसिर २ गते कामको शिलशिलामा पेदीखोलाबाट १० देखि ११ जनाको समुह कास्कीको पोखरामा पुगेको र आइतबार बिहान कामगर्दै गर्दा माथीबाट माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु भएको बागचौर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिनुभयो । सवै एउटै गाउँका भएकोले गाउमा पुरै गाउँमा रुवाबासी चलिरहेको वडाध्यक्ष पुनले बताउनुभयो ।
“म अहिले मृतकहरुकै गाउँमा छु सम्झाउने मान्छे कोही छैन मृतकका बुवाआमा बेहोस छन् गाउमा पुरै सन्नटा छाएको छ, ” वडाध्यक्ष पुनले भन्नुभयो । एउटै गाउँका अरु पनि काम गर्न गएकोले केही भयो कि भनेर सबैको घरमा रुवाबासी चलिरहेको पुनले जानकारी दिनुभयो ।
तिहार सकेर काम खोज्न कास्की पुगेका तोभान ढिस्कोले पुरिएर मृत्यु भएपछि उहाँकी श्रीमति बेहोस भएको भान्जा प्रकाश भण्डारीले जानकारी दिनुभयो । “गाउँ पुरै स्तब्ध छ गाउँमा सान्तवना दिने मान्छे नै छैन जता गएपनि रुवाबासी वाहेक अरु केही छैन,” भण्डारीले जानकारी दिनुभयो ।
गाउँमा भएका अन्य पुरुषहरु शब लिन पोखारा प्रस्थान गरेकोले गाउँमा झन स्तब्ध भएको स्थानीय लिलमान भण्डारीले जानकारी दिनुभयो । “म अहिले पनि मृतकहरुकै गाउँमा छु नरोएको गाउँमा कोही पनि छैन खबर सुन्ने वित्तिकै गाउमा कसैको घरमा पनि आगो बलेको छैन,” लिलमान भण्डारीले भन्नुभयो । घटनाबारे सबै खवर पाएपनि अझै अरु पनि घटनामा परेका छनकी भन्ने आशंकाले गाउमा सबैलाई चिन्तित बनाएको भण्डारीले जानकारी दिनुभयो ।
घटनापछि शब लिनका लागि गाउँबाट आइतबार नै स्थानीयहरु पोखरा प्रस्थान गरेका छन् । यस्तै एक अर्को घटनामा कपुरकोटमा एक जनाको मृत्यु भएको छ । दाउरा बनाउनका लागि ढालेको रुखले लागेर कपुरकोट गाउँपालिका वडा नंं. ३ फलाटेका ५१ बर्षिय बावुराम बस्नेतको आइतबार मृत्यु भएको इलाका प्रहरीकार्यालय कपुरकोटले जनाएको छ ।
रुखले लागेर गम्भिर घाइते भएका बस्नेतको उपचारकाकक्रममा कोहलपुर मेडिकलजेमा मृत्युभएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार