सदरमुकामको धुलाम्य चोकमा पानी छर्केर धुलो कम गर्दे एक युवा

सल्यान सदरमुकाम खलंगा चोकमा प्रत्यक दिन विहान हिजो आज एउटा तस्विर देख्न पाईन्छ । भत्केको वाटोको कारण दिनभरी जसो धुलाम्य हुने सदरमुकामको पुरानो वसपार्क चोकमा वसपार्कमा व्यवसाय गरेरवसीरहेका व्यवसायी चोप वहादुर विष्ट (छिरीङ) धुलो कम गर्न पानी छर्किरहेका हुन्छन ।

उनका अनुसार विहान देखि वेलुका सम्म सवारीसाधानको चाप र तिव्र गतिका कारण चोकमा वसि नसक्नु हुन्छ त्यसैले केहीसमय भएपनीराहत होला भन्ने उदेश्यले महंगो विल तिर्नुपर्ने पानी प्रयोग गरी पानी छर्किनु परीरहेको वताउछन । उनी अगाडी थप्छन जिल्ला वासिको पहुच पुगेन सरोकारवाला निकाय कानमा तेल हालेर वसेपछि पानी छर्केर चित्त वुझाउनुको विकल्प भएन।


ठेकेदारको लापरवाही र सरोकार वाला हरुको निगरानी नपुगेका कारण कमसल सामान प्रयोग गरी वनाइएको ओटाशिल चाँडै भत्किएपछि सल्यान सदरमुकाम खलंगाको चोक गाडी हरुको चापले मुख छोपेर हिडनु पर्ने अवस्थामा छ भने चोकमा व्यवसाय गर्ने व्यवसायिहरु लाई व्यवसाय संचालनमै समस्या देखिएको छ ।
सडक विभाग अन्र्तगतको जिम्मेवारीको वाटो भएकोले नगरपालिकाले पनी आफनो श्रोतले मर्मत गर्न नमिल्ने नगरपालिकाले वताउदै आएको छ भने सडक विभाग कार्यलयको उदासिनताको कारण जिल्ला सदरमुकामको चोक अस्तव्यस्त वन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार