थबाङमा विप्लव माओवादी वाट पनी उम्मेद्धारी

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपचुनावमा पनि भाग लिएको छ । हरेक निर्वाचनमा सर्वाधिक चर्चामा रहने थबाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विप्लव नेकपाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको छ ।

वडाध्यक्षका लागि आज नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्र (विप्लव)बाट भद्रबहादुर झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन् ।मस्तिष्कघातका कारण थबाङ गाउँपालिका–१, थबाङको वडाध्यक्ष फर्कबहादुर बुढाको गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदका लागि बुधबार मनोनयन दर्ता भएको हो ।२०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तात्कालिन नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार