आफु चाउरीदै अरुको रोजीरोटीको व्यवस्था गर्दे छ कुपिण्डे

OLYMPUS DIGITAL CAMERA

१२ वर्ष पहिले कुपिण्डे ताल जाने अवसर प्राप्त भएको थियो । कुपिण्डे कस्तो थियो न कुनै फोटो देखेको थिए न कुनै कल्पना नै थियो । सल्यान सदरमुकाम वाट पैदल हिडेर करीव साढे तिन घण्टामा पुगेको स्मरण भने अझै ताजै छ । खलंगा वालुवा संग्रही मोटरवाटोको ट्रयाक खुले पनी वाटोको सुविधा थिएन । कुपिण्डे घुम्न जानेहरुका लागी पैदल यात्रा भन्दा अर्काे विकल्प थिएन । तरपनी जतिवेला हिडेर कुपिण्डे पुगिन्थ्यो त्यसको मजा र आनन्दानुभुति नै वेग्लै देख्न र अनुभुति पाईन्थ्यो । वरीपरी हरीयाली सफा र ठुलो तालको दृश्यावलोकन गर्नुको मज्जा नै वेग्लै थियो ।

समय फेरीदै गयो संरचनाहरु पनी वदलिदै गए, गाँउ गाँउमा विकासका संरचना हरु तिव्र गतिमा विस्तार हुदै गए मान्छेको सोच्ने र काम गर्ने शैलीमा फरकपन आउदै गयो । विचरा कुपिण्डे हाम्रै मानव जातीको चपेटामानी पर्न सुरु गरयो । हाल सम्म कुपिण्डे ताल घुम्न झण्डै आधा दर्जन पटक पुगेको छु होला । तर यस पटक भने अलिक भिन्न माहोल र परीस्थितीले मलाई कुपिण्डे पुरयायो । कार्यक्रम थियो पुपिण्डे ताल संरक्षणका लागी मिडीया सम्मेलन जसलाई सम्वोधन गर्न आउदै हुनुहुन्थ्यो कर्णाली प्रदेशका मुख्यमन्त्रि माननिय महेन्द्र वहादुर शाही लगायतका नेतागण हरु । यति खवर पाएपछि शिवरात्रीको दिन पवित्र तिर्थस्थल छत्रेश्वरी मन्दिर जान छोडेर लागीयो कुपिण्डे ताल तिर । विहानको साढे आठ वजे सल्यान खलंगा वाट हिडेको करीव एक घण्टा को यात्रा पछि कुपिण्डेदह ।


करीव ६ घण्टाको पर्खाई पछि मुख्यमन्त्रि लगाएत अन्य नेताहरु कुपिण्डे आई पुग्नु भयो । उहाँहरु आई सकेपछि आयोजकले कार्यक्रलाई संचालन गर्नुभयो । मुख्यमन्त्रि महेन्द्र वहादुर शाही तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वाला र नेकपा कर्णाली प्रदेश प्रमुख सचेतक माननिय गुलावजंग शाह ज्यु को छोटो मन्तव्य सहित कार्यक्रमको समापन गरीयो । छोटै समयमा पनी अतिथीहरु वाट राम्रै आश्वसन र प्रशंसा पयो पुपिण्डेले । तिनै जना अतिथी ज्यु हरु वाट कुपिण्डेको छेउमै विकासका लागी सक्दो प्रयास गर्ने प्रतिवद्धताका शव्द हरु दिईरहदा कुपिण्डे ताल पुरानै अवस्थामा फर्कने आसाका छालहरु उठाईरहेको भान भईरहेको देखिन्थ्यो ।
प्रयोग विहिन संरचना ः
ताल जति सुन्दर छ उत्तिकै सुन्दर प्राकृतिक सुन्दरता पनी छ । तर वर्षेनी ताल संरक्षण विकास र पर्यटन प्रर्वद्धनमा भईरहेको खर्च हेर्दा लाग्छ वालुवामा पानी सरह भईरहेको छ । वर्षेनी सरकारी तथा गैर सरकारी निकाय हरु कुपिण्डे संरक्षणका लागी दिलोज्यान दिएको भान पारीरहेकै हुन्छन । मन्दिरको माथी पट्टी हरीयाली जंगलको विचमा एउटा चारकोठे भवन पनी छ जुन भवन केही वर्ष पहिले पर्यटन कार्यालय भैरहवाको चालिस लाख सहयोगमा वनेको हो । उक्त चारकोठे भवनले त्यहाँ जाने हर मानिसलाई गिज्याईरहेको आभास हुन्छ । भवन छ तर कुनै प्रयोग छैन । भवनका झ्यालहरु फुटाईएका छन । लाग्छ सयौ वर्ष पहिलाको कुनै युद्ध अवस्थाको भग्नावसेस हो । टहराहरु छन तर कुनै प्रयोगमा छैनन, फोहर फाल्न डम्पिङ हरु छन तर फोहर यत्रतत्र छरीएको छ । तरपनी जति छ त्यतिमै सफा र कञ्चन भएर अडिएकोछ कुपिण्डे ।


डुङ्गाहरु पुर्णरुपमा सुरक्षित नहुनु ः
कुपिण्डे जानुको अर्काे रमाईलो पक्ष हो डुङ्गा चढेर रमाईलो गर्नु । हाल कुपिण्डे तालमा करीव पन्ध्र देखि विस वटा काठका डुङ्गा हरु संचालनमा छन । वाहिर वाट महंगो मुल्य तिरेर ल्याईएका डुङ्गा हरु पानी छिर्ने खालका र साना आकारका छन । अझ रमाईलो चाही ति डुङ्गाहरु नजिकै रहेको विद्यालयमा अध्यनरत विद्यार्थिहरुले चलाईरहेका देखिन्छन । उनीहरु विद्यालय जान छोडर डुङ्गा चलाईरहेको दृश्य सजिलै देखन सकिन्छ । कुपिण्डेमा संचालन गरीएका डुङ्गा हरुले करीव विस घरपरीवारको आर्थिकोपार्जन गर्न र उनीहरुको पारीवारीक खर्च चलाउना मद्धत गरीरहेकाछन ।


जथाभावि मोटरवाटो निर्माण ः
सडक संजाल वर्तमान सन्र्दभमा जति महत्वपुर्ण छ उतिकै घातक र कुपिण्डेका लागी प्रत्युत्पादक वन्दै छ । जतिवेला मोटरवाटो थिएन र हिडेरै ताल पुग्दा त्यसको महत्व फरक थियो हाल आएर नगरपालिका तथा वडा कार्यलयहरुले ताललाई नै पुरीने गरी ताल माथी वाट ताल छेउमा मोटर पुरयाउन जसरी डोजर प्रयोगगरी वाटो काटीएकोछ त्यसले कुपिण्डेको सुन्दरलाई कुरुप वनाउनका लागी अझ ठुलो योगदान दिदै छ । यति मात्र हैन ताल माथी तिरका वस्तिहरुमा वाटो निर्माणका काम हरु तिव्र भईरहेकाले वर्षा याममा वगेर आउने खहरेले अहिले भएको स्थान वाट तालको आकार कम गर्न अझ ठुलो भुमिका खेल्दैछ ।
अन्तमा कुपिण्डे लाई पुरानै अवस्थामा फर्काउना सम्भव छ । तर अहिले भईरहेको गतिविधिले होईन । कुपिण्डे ताल पुग्न खनिएको मोटरवाटो लाई वातावरणिय हिसावले अध्यन अनुसन्धान गरी माटो झर्न रोक्नु पर्दछ । वनाईएका संरचनाहरुको सहि सदुपयोग गर्ने तथा नयाँ संरचना वनाउदा ताल लाई प्रतिकुल हुन वाट वचाएर निर्माण गरीनु पर्दछ । अझ मुख्य कुरा त स्थानीय नागरीक हरु नै कुपिण्डे संरक्षण्का लागी जागरुक हुन जरुरी देखिन्छ । कुपिण्डे संरक्षण्का नाममा एटा समिती निर्माण भएनी समिती पुर्णतया भुमिका विहिन अवस्थामा रहेको देखिन्छ । नगरपालिकाले जथाभावी मोटरवाटो मात्र नवनाई विज्ञ हरुको समुह मार्फत विस्तृत अध्ययन अनुसनधान मार्फत दिर्घकालीन योजना निर्माण गरी कार्यन्वयन तर्फ अगाडी वढनु पर्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार