मिना बुढाथोकी
सल्यान,माघ३०
सल्यानको एक प्राविधिक कलेजले आफना सबै विद्यार्थीलाई आधारभुत पत्रकारिता तालीम दिएको छ ।विद्यार्थीको चौतर्फी विकासका लागी विषयगत किताब मात्रै पढाउनु भन्दा पनि पत्रकारिता क्षेत्रमा पनि सहभागी गराउँदा चौतर्फी विकासमा मद्दत पुग्ने भन्दै सात दिने तालीमको आयोजना गरेको हो । संकल्प प्राविधिक तथा व्यवसायिक ट्रेनिग कलेज श्रीनगरमा उद्यम विकास सहजकर्ता विषय पढी रहेका विद्यार्थीले पत्रकारिता तालीम पाएपछि निकै उत्साहित भएका छन् ।
शिद्द कुमाख गाउँपालिका ५ माझखर्क सल्यान हाल श्रीनगरमा रहेको संकल्प प्राविधिक तथा व्यवसायिक ट्रेनिग कलेजमा उद्यम विकास सहजकर्ता इडीएफ पढी रहेकी डम्बरी कुमारी खड्काले आधारभुत पत्रकारिता तालीम लिएपछि आफु जुनसुकै ठाउँमा गएर पनि निर्धक्क संग बोल्न सक्ने बताउँछिन् ।केही समय अघि सम्म कसैसंग बोल्न र कुरा गर्न समेत लाज मान्ने गरेको उनुभव सुनाउँदै उनले हाल पत्रकारिता तालीम लिएपछि आप्mनो त्यो डर हराएर गएको बताउँछिन् ।
शिद्दकुमाख गाउँपालिका २ निवासी लक्ष्मी बस्नेतले पनि सात दिन सम्म आधारभुत पत्रकारिता तालीम लिएपछि आफुमा धेरै परिवर्तन आएको बताइन्।कुनै नयाँ र माथिल्लो पोष्टमा भएको व्यक्ती संग बोल्नै नस्कने बताउँदै उनले यस तालिम बाट आफु भित्र आत्मविश्वास बढेको बताईन् । उनले भनिन् अब कुनै गाउँपालिकाको प्रमुख होस वा यस जिल्लाको प्रमुख जिल्ला अधिकारी उहाँहरु संग समेत बोल्न सक्छु भन्ने लागेको छ ।
बागचौर नगरपालिका वडा नम्बर ३ थारमारे निवासी बबिता सुनारलाई पनि पत्रकारिता तालिम लिन अतिनै रहर थियो । हाल उनि दांगको तुलसीपुरमा बासोबास गर्दै आएपनि पत्रकारिता तालीम लिनकै लागी सल्यान आएको बताउँछिन । यस तालीम बाट केही नयाँ कुरा सिक्ने, केही फरक ज्ञान प्राप्त गर्ने र बोलीको विकास होस भनेरै दाँग बाट सल्यान आउको बताउँछिन्। उनले भविष्यमा पत्रकारिता क्षेत्रमै केही गर्न सक्छु भन्ने विश्वासका साथ आधारभुत तालीममा सहभागी भएको बताईन् ।
टेक्नीकल कलेज श्रीनगरमा उद्यम विकास सहजकर्ता इडीएफमा अध्ययन गरि रहेका विद्यार्थी र अन्य गरि ३१ विद्यार्थी आधारभुत तालीममा सहभागी भएका हुन् ।पत्रकारिता तालीम लिए पछि पत्रकारिता पेशानै अंगाल्नु पर्ने छ्रैन् संचालक दिपेन्द्र कुमार शाहीले भने यस तालीमले हाम्रो दैनिक कृयाकलापमा समेत मद्दत गर्ने छ । यस तालीमले भविष्यमा हामीले गर्न लागेको जुनसुकै काम र क्षेत्रमा मद्दत पुग्ने उनले बताए ।
माघ २३ गते देखी २९गते सम्म संचालन भएको तालीमको मंगलवार समापन गरिएको छ ।समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाहीले यस तालीम बाट सिकेका कुरा व्यवहारमा लागू गर्नु पर्ने बताए ।यस तालीमले विद्यार्थीहरुका लागी धेरै बाटो खोलिदिएको र कुन बाटो हिन्ने त्यो व्यक्ती स्वयंमा भर पर्ने छ उनले थपे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका केन्द्रीय पार्षद पुरुषोत्तम गिरीले शिक्ने सिकाउने प्रक्रिया जिवनभरि चलि रहने भएकाले इच्छाशक्ती भएपछि मात्रै सिक्न सकिने बताए । भोलीका दिनमा पनि अहिले सिकेको कुरा व्यवहारमा लागु भएमात्रै यसले महत्व राख्ने बताए ।
कुमाख मिडिया प्रालिको आयोजना र संकल्प प्राविधिक तथा टेक्नीकल कलेजको सहयोगमा तालीम सम्पन्न भएको हो । तालीमको सहजीकरण कुमाख मिडिया प्रालिका संचालक डिल्लीराज रावत,पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही,जिल्ला शाखा अध्यक्ष प्रतिक इच्छुक शर्मा, जिल्ला शाखा कोषध्यक्ष योगराज विक प्रदेश पार्षद मिना बुढाथाकीले,गरेका थिए ।