पार्टी भन्दा माथी देश भन्ने वुद्धिजिवि नभएकै हुन त

विन्दा गिरी/नेपालका राजनिती दलहरूले राज्यलाई निकाश र बिकाश दिन नसक्दा खेरि दलहरुको खिचातानी र भागबन्डाकको कारण कार्यपालिका न्यायपालिका र व्यबस्थापिका जस्तो राज्यको महत्त्वपूर्ण अङ्गहरु सिथिल बन्दै गयको कारण ब्यबहारिक र सैद्धान्तिक रूपमा कामगर्न सकिरहेको छैन । संघीयता र राज्य पुनसम्रचनाको ब्यबस्थापनमा सात सय ४४ स्थानीय तह छन । यसमध्ये चार महानगरपालिका र १३ उपमहानगरपालिका छन् । दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका छन् जस्मा कर्मचारीको अभाव र ब्यबहारिक ज्ञानको अभावले जनतालाई सामान्य आधारभूत अवस्यक्ताका कुरामात्रपनि राज्यले पुरा गर्नसकिरहेको छैन । दिनानु दिन युवाशक्ति बिदेश पलायन भयको अबस्थामा प्राविधिक हिसाबमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्न तिर राज्यको ध्यान पुग्न सकिरहेको छैन ।

आजको अबस्थामा बिश्व बैंकको प्रतिवेदन अनुसार नेपालमा काम गर्ने भारतीयहरूको प्रतिव्यक्ति आय वार्षिक ३४ लाख रुपैँया रहेको छ । नेपालमा लगभग ६ लाख भारतिय कार्यरत छन र वार्षिक रुपमा ३ अर्ब डलर बराबरको रकम रेमिट्यान्सको रुपमा भारत पठाउने गरेका छन । भारतमा बढी रेमिट्यान्स प्राप्त हुने देशहरुमध्ये नेपाल ८ नम्बरमा पर्छ। नेपालमा रोजगारीको अवसर नभएको हैन सरकारले तेस्को ब्यबस्थापन गर्न सकिरहेको छैन । २५ अरब बराबरको रकम मेडिकल शिक्षाको लागी बिदेश जाने गरेको छ । समयको मागअनुसर राज्यको ध्यान शिक्षा क्षेत्रमा जान नसकेको कारण राष्ट्रआर्थिक क्षेत्रमा झन्झन् कम्जोर बन्दै गयको छ । बिदेशी संग श्रम सम्झौता गरेर आफ्नो देशको जनशक्ति श्रम बेच्न पाउदा खुशी हुने हाम्रा देशका मन्त्री र संसदहरु दिनानुदिन नेपाली भुमि मरुभूमिमा परिणत हुने अवस्था आउँदा पनि मुकदर्शक भयर हेर्दैछन । ५० लाख भन्दा बढी बिदेशी भुमिमा पसिना बगाएर युवाहरुले पठाइएका रेमिटेन्सले देश थेगिएको छ । महङ्गिको चटारोमा जनता पेलिएका छ्न नत शन्ती शुरक्षानै पायका छन नत सेवा सुबिधाको राहत महसुस गर्न पायका छन ।नेता हरु आफ्नो र आफन्तको उद्दारमा फसिरहेका छ्न । यो देशमा दिनानुदिन बढदैगएको हत्या हिंसा बलात्कार र भ्रस्टाचारको मुख्य जड असफल संबैधानिक अङ्गहरुनै हुन किनकि न्यायालय राजनिती भागबन्डामा भ्रस्टाचार साटो र पालोपैचोमा अपराधीहरु नातगोता र पार्टीको कार्यकर्ताको हिसाबले संरक्षित छन। सोझा र निमुखा जनताहरु राज्यले प्रदानगर्ने सेवा सुबिधा बाट बन्चित छन । नेपालको राज्य ब्यबस्थापन प्रणाली अराजकता र असफल बन्दै गयको छ । सबैभन्दा ठूलो समस्या ब्यबहारिक ज्ञान र प्राविधिक शिक्षाको कमिले राष्ट्रमा युवा बेरोजगारीको ठूलो समस्य बढीरहेको छ समयमै सरकारले युवाहरुलाइ लक्षित कार्यक्रमहरु बनायर गाउगाउ सम्म उचित शिक्षा र तालिमको ब्यबस्थापन गरि योजना अनुसार आत्मा निर्भर बनाउदै गयो भने दिगो बिकास र समृद्ध नेपालको संम्रचना निर्धारण गर्न सकिन्छ ।

समाज रुपान्तरणको लागी हाम्रो समाजमा पार्टी नेता र कार्यकर्ता भन्दा छुट्टै एउटा तटस्थ बुद्धिजीवीहरुको समुह जन्मिनु अती अवस्य छ जस्ले समाजमा भए गरेका कार्यक्रमहरुको सहि गलत छुट्टाउनु सक्ने सामर्थ्य राख्न सकोस । राज्यको निति गलत भय पनि स्थानीय स्थरबाट युवा हरुलाइ मार्गनिर्देश गर्दै उत्पादन र बिकासमा अगाडि बढाउनसक्दा आर्थिक समृद्धिलाई सफल पार्न सकिन्छ । बिकाशका कार्यक्रमहरु राजनिती भन्दा फरक बाटोबाट मात्र अगाडी बढाउन सकिन्छ । बिकाश र राजनिती एउटाै बाटोम हिडाउन खोजेको कारण देश र बिकास भुमरीमा फसिरहेको छ । तेसैले समाजमा स्वोतन्त्र बुधिजिबी हरुको शक्ति संगठित हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार