चैत्र १२, १३ र १४ मा काठमाण्डौमा मिडिया प्रदशनि हुने

आगामि चैत्र१२, १३ र १४ मा काठ्मान्डौको भिर्कुटिमन्डपमा मिडिया प्रदशनि हुने भएको छ। आयोजक संस्था एकेडमि अफ मिडिया एण्ड ईभेन्टम्यानेजमेन्टले राजधानीमाएक पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमको बारे जानकारि दिएको हो।

कार्यक्रम बारे बोल्दै परियोजना प्रमुख डम्बर शाहूले भने “नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदशनी नेपालको मिडिया क्षेत्रको समग्र बिकास र बिस्तारको लागि एक खुडकिलो हुनेछ”। उनले अगाडि थपे, यस प्रदशनिले मिडिया तथा सम्बन्धित क्षेत्रमा साना, मध्यम तथा ठुला गरि सबै प्रकारका सरकारि, गैरसरकारि तथा निजि लगानिबाट संचालित/प्रसारित/प्रकासित सबै किसिमका सुचना-संचार-प्रबिधि सम्बन्धि कम्पनिहरु, संघसंस्थाहरु र ति संघसंस्थाहरुसंग आबद्ध/सम्बद्ध सरोकारवालाहरु तथा निकायहरु, लगानिकर्ताहरु, प्रयोग-उपयोगकर्ताहरु, नितिनिर्माताहरु, नियमन-नियमक व्यक्ति तथा संघसंस्थाहरु, उत्पादन तथा खरिद-बिक्रि कर्ताहरु एउटै छाता मुनि आउने विस्वास व्यक्त गरे।

नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदशनिमा नेपालका बिभिन्न सरकारि तथा गैरसरकारि संघ-संस्थाहरुले सहकार्य गरेका छन। जसअन्तर्गत नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक नेपाल संघ, नेपाल केबुल टिलिभिजन महासंघ, नेपाल विज्ञापन संघ, जस्ता सम्मानित र विशुद्ध मिडियासंग सरोकार राख्ने संघ-संस्थाहरु तथानेपालको व्यावसायिक सम्बद्ध बिशिष्ट संघ-संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र सि.ई.ओ क्लब लगायतका सरकारि,गैर-सरकारि तथा व्याबसायिक संघ-संस्थाहरुको सहकार्य र सपोर्ट रहेको छ।

नेपाल बिज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले भने “मिडिया र बिज्ञापन सम्बन्धि बिभिन्न कार्यक्रमहरु सरकार वा संघले गर्नु पर्दथ्यो तर बिभिन्न कारणले हामिले गर्न नसके पनि तपाईहरुले यसको प्रयास गर्नु भएको छ जुन सार्है सर्हानिय छ। हामि आयोजक संस्थालाई सबै प्रकारको सहयोग गर्न तयार छौ र सफल गर्ने दायित्व हाम्रो पनि हो।

त्यसै गरि सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले भने “यो एक्स्पोले रेडियो तथा टेलिभिजन क्षेत्रलाई नयाँ मोड दिने छ र प्रदशनिमा आउने दर्शकहरुले बिस्वमा हाल प्रयोग भैरहेको उच्चतम मिडिया प्रबिधिहरुबारे जानकारि पाउनेछन भने अर्कोतिर सेवा प्रदायक कम्पनि तथा व्यावसायिक संघसंस्थाहरुले पनि स्वच्छ-स्वस्थ प्रतिस्पर्धात्मक वातावरण, नयाँ – नयाँ उपकरण तथा सेवाहरुको प्रयोग, बिस्व बजारको अवस्था, माग, खपत, आपुर्ति र आन्तरिक, क्षेत्रिय र बाह्यय बजार व्यवस्थापन बारे जानकारि पाउने उपयुक्त थलो बन्ने छ।

नेपाल अनलाईन पत्रकार संघका अध्यक्ष शिव कुमार सत्यालले “यो र यस्ता खाले मिडिया प्रदशनिले नेपालको अनलाईन मिडिया ईन्डस्ट्रिको लागि कोसे ढुङ्गा हुने विस्वास व्यक्त गरे।

आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनि तथा संघ-संस्थाहरुले सहभागि जनाउने अपेक्षा गरिएको छ भने हाल सम्म ३१ वटा कम्पनिहरुले आफ्नो बुकिङ गरिसकेका छन र आजैका दिन पनि करिब ६ वटा कम्पनिहरुसंग थप सम्झौता गर्दैछौ, त्यस मध्य प्रभु डिजिटल टि.भि, टेक्नोमिडिया प्रा.लि, कम्युनिकेसन एण्ड बोर्डकास्टिङ टेक्नोलोजि प्रा.लि, लोकपथ.कम, नेपाल लाईभ रहेका छन। प्रदशनिमा करिब ४५ हजार दर्शकहरुले प्रदशनि अवलोकन गर्ने आशा गरिएको छ। प्रदशनिलाई शसक्त र व्यवस्थित गर्नका लागि ४ भागमा विभाजन गरिएको छ जो निम्न अनुसार रहेका छ्न;

१) बोर्डकास्टिङ प्याभिलियन२) आई.सि.टि.प्याभिलियन३) न्यु मिडिया/अनलाईन मिडिया प्याभिलियन४) एडभर्टाईजिङ प्याभिलियन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार