क्यूज हल र चलचित्र शुभ लभ बहिष्कार गर्ने चलचित्र पत्रकार संघको चेतावनी

माघ १०, २०७५बुधबार राजधानीको कमलादी स्थित क्यूज सिनेमा हलमा आयोजित फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रममा हलमा कर्मचारीबाट पत्रकारमाथी भएको दुव्र्यबहारप्रति चलचित्र पत्रकार संघ, नेपालले आपत्ति प्रकट गरेको छ । संघका सचिव समेत रहेका पत्रकार समिर बलामीमाथी हल कर्मचारीबाट भएको दुव्र्यबहार र हातपातको विषयमाथी प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघले उक्त घटनालाई समाचार सम्प्रेषणमाथीको अवरोध र प्रेस स्वतन्त्रतामाथीको ठाडो हस्ताक्षेप भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो प्रकारको ज्यादती भइसक्दासमेत कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ, यसले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र शुभ लभ फिल्मले गर्ने प्रेसमिटमा सहभागि भएर रिपोर्टिङ गर्न असुरक्षित महसुस गराएको छ ।’

साथै आगामी दिनमा क्यूज सिनेमा हल र शुभ लभले अब उप्रान्त गर्ने प्रेसमिटमा पत्रकारहरुको सुरक्षाको प्रत्याभुतिको ग्यारेन्टी गर्नेगरी दुबै पक्षबाट आधिकारिक धारणा नआउादासम्म चलचित्र पत्रकार संघसँग सम्वद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि नहुने चेतावनी समेत दिएको छ । संगसंगै विज्ञप्तिमा सम्पुर्ण चलचित्र पत्रकारहरुले रिपोर्टिङका क्रममा संयमित र मर्यादित भएर आफ्नो व्यवसायिक धर्म निभाइरहनेमा पनि संघ सधैं विश्वस्त रहने उल्लेख गरिएको छ । (साप्ताहिक वाट साभार)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार