
६ माघ,/सल्यान जिल्लाको छत्रेश्वरि गाउँपालि काले ३ वटा एम्बुलेन्स खरिद गरेको छ।गाउपालिकाले आफ्नै आन्तरिक श्रोत मार्फत एम्बुलेन्स खरिद गरेको हो।बिरामी तथा बर्थिङ सेन्टरलाई मध्यनजर गर्दै गाउपालिकाले एम्बुलेन्स खरिद गरेको गाउपालिकाले जनाएको छ। गाउँपालिकाको कार्यपालिका बैठकले ४ ठाउमा संचालनमा आयका बर्थिङ सेन्टर भोटेचौर,झिम्पे र दमाचौर स्वास्थ्य चौकीमा एक एक थान एम्बुलेन्स खरिद गर्ने निर्णय गरेपछि एम्बुलेन्स खरिद गरियको हो। सोही निर्णयलाई कार्यान्वयन गर्दैगाउँपालिकाले एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा भने अघिल्लो बर्षदेखि नै एम्बुलेन्स संचालनमा आइसकेको छ।गाउँपालिकाले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने छ। संचालनमा आयका ४ वटा बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकीबाट एम्बुलेन्स संचालनमा आएपछि त्यस क्षेत्रका बिरामी नागरिक तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था सम्म पुग्न सहज हुने अध्यक्ष केसिले बताए। उपचार गर्नको लागि एम्बुलेन्स तथा यातायातका साधनको उचित ब्यबस्था नभयका कारण कयौं बिरामीले ज्यान गुमाउने गरेकाले त्यो समस्यालाई मध्यनजर गर्दै सम्पुर्ण बिरामी हरुले एम्बुलेन्स प्रयोग गर्न सक्ने उनले बताएका छन।
अति गरिब बिरामी हरुलाई उनिहरुको पहिचान गरि एम्बुलेन्समा लिईने सुल्कमा पनि छुट गरिने अध्यक्ष केसिले बताएका छन। यो सगै छत्रेश्वरि गाउपालिका जिल्लामै आफ्नै श्रोतबाट एम्बुलेन्स खरिद गर्ने पहिलो गाउँपालिका बनेको छ। साबिक ४ वटा गाबिस रहेको छत्रेश्वरिमा अहिले ७ वटा वडा रहेका छन।बिरामीको लागि एम्बुलेन्स चाहिएमा श्रीनगर र खलंगा बाट एम्बुलेन्स बोलाउनु पर्ने बाध्यता अब टर्ने वडा नम्बर ३ का अध्यक्ष राजबहादुर बुढाथोकीले बताएका छन। बिरामी भयको समयमा बिरामीलाई स्वास्थ्य संस्था सम्म पुग्न यातायातका साधन भनेको बेला नपाइने र पाईएतापनी कमै रुपमा पाइने समस्या रहेकोले अब एम्बुलेन्स आयपछी त्यो समस्या हट्ने बिस्वास गाउँपालिका बासीले गरेका छन।