जनयुद्धको वेलाका माओवादी सल्यान जिल्ला ईञ्चार्ज राप्रपामा प्रवेश

राप्रपा सल्यानले आज सल्यान खलंगामा प्रदेश स्तरीय हिन्दु जागरण कार्यक्रम सम्पन्न गरेको छ । सल्यान खलंगा स्तिथ जिल समन्वय समितीको हलमा आयोजना गरीएको कार्यक्रम लाई झापा वाट निर्वाचित राप्रपाका नेता तथा संघिय संसद राजेन्द्र लिङदेन ले सम्वोधन गर्नु भएको थियो ।
जिल्ला भरीवाट खलंगा आएका कार्यकर्ता तथा सर्वसाधारण लनई सम्वोधन गर्दे संसद लिङदेनले आफनो यात्रामा काही पनी विचलित नभई लाग्न कार्यकर्ताहरु लाई निर्देशन दिएका छन । सम्वोधनका क्रममा उनले नेपाल हिन्दुराज्य थियो र रही रहने छ भन्ने धारण राखेका थिए । हामी ९५ प्रतिशत जनसंख्या जसले हिन्दु,वौद्ध तथा किरात धर्मावलम्वि हरु लाई वेवास्ता गर्दे क्रिष्टियानीटी वढाउन सरकार आफै लागेको आरोप लगाएका थिए ।
उक्त कार्यक्रममा जनयुद्धको वेला नेकपा माओवादीका सल्यान ईञ्चार्ज धन वहादुर वली सौरभ ले राप्रपा प्रवेश गरेका थिए । वली लाई नेता लिङदेन,केन्द्रिय सदस्य राजेन्द्रविर राई तथा केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठले माला तथा खादा लगाएर विधिवत रुपमा पार्टी प्रवेश गराएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार