टयारोट कार्ड मार्फत संसार भरी चर्चित पहिलो नेपाली चेली क्षमता ढकाल


१२ वर्ष अघि वेलायत छिरेकी क्षमता अहिलो टयारोट कार्ड मार्फत वास्तु तथा भविष्यवानीका लागी प्रख्यात मानिन्छिन । पेशाले नर्स क्षमता ढकाल नर्स पेशा छोडेर कानुन विषय पढे पनी अन्तत वास्तु विज्ञान तिर नै उनको रुचि भए अनुसार उनी टयारोट कार्ड मार्फत भष्यिवानी तथा पे्रम वैवाहिक जिवन,व्यपार व्यवसाय पारीवारीक जिवनका वारेमा क्षताले भविष्यवानी गर्ने गरेकी छन ।
क्षमताका अनुसार यो ज्योतिष विद्या हैन । टयारोट एउटा अदभुत प्रकारको कार्ड हो त्यसकै माध्याम र सहायता वाट भविष्यवानी गर्ने तथा उसको भविष्य र वर्तमानका वारेमा भन सकिने उनको भनाई रहेको छ । उनी भन्छिन प्रत्यक मानिसमा कुनै न कुनै प्रकारको क्षमता अथवा चामत्कारीक गुण हुन्छ त्यही कुरा म सँग भएको हो । उनी भन्छिन कार्ड वाट नै शुभ अशुभ पत्ता लगाउने, व्यापार व्यवसाय वृद्धि गराउन,े पिर चिन्ता हटाएर जिवन लाई खुसी वनाउनाका लागी टिप्स हरु पनी दिन सकिन्छ । त्यसै गरी जिवन चलाउदै गर्दा पैदा हुने अवरोध र दिग्दारी हरु लाई टयारोट वाटै समाधानका उपाए पत्ता लगाउन सक्छिन क्षमता । यो ज्यो ज्योतिष विज्ञान भन्दा नी आधुनीक विज्ञान सँग सम्व्न्धित रहेको क्षमता वताउछिन । हाल सम्म उनले गरेको ९० प्रतिशत भविष्यवानी मिलेको दावी क्षमता आफैले गर्ने गरेकी छन ।
वास्तु शास्त्र उनको अर्काे रुचि र दक्षता हो । वास्तु अन्र्तगत घरको डेकोरेसन घर निर्माण कार्य वेला देखि कोठा भित्र कुन वस्तु कहाँ राख्ने जस्ता कुरा उनले वताउने गर्दछिन । जसले् परीवार लाई कसरी सुखि वनाउने ,किचेन कहाँ वनाउदा राम्रो,टवाईलेट वाथरुम कता राख्ने र विषेश त सुत्ने कोठको पनी कसरी डेकोरेशन गर्दा खुसी भईन्छ यि कुरा हरु आम मानिसले थाह पाउनु पर्ने र सोही अनुसार प्रयोग गर्नु पर्ने धारणा राख्दछिन क्षमता । उनी टयारोट मार्फत भविष्यवानी गरीसकेपछि सोही अनुसारको पत्थर प्रयोगर्न पनी सुझाउछिन ।
क्षमताको अर्काे काम हो रेकी चलाउनु रेकीको १० वटा शेसन उनले चलाउने गरेकी छन । रेकी ले मानीसलाई तनाव मुक्त गर्ने,शरीरको पिडा कम र्गा मद्धत गर्दछ ।रेकी एउटा आध्यात्मिक उपचार पद्धति हो तर धर्म हैन । रेकी वरु लाई फोर्स ईनर्जि हो ।जसको माध्याम वाट मानिसले आफनो उर्जा, दिमाग लाई सन्तुलन गर्न मद्धत गर्दछ । टयारोट,स्टोन, रेकी र वास्तु विज्ञानमा विद्यावारीधि गरेकी क्षमता अहिले संसार भर नै चर्चित छन । उनी आफु लाई माता भन्न रुचाउदिनन किनकी यो आधुनिक विज्ञान संग पनी सम्वन्धित छ ।

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी सुपुत्री क्षमताको घर नेपालमा जावलाखेल हो । बेला बेला नेपाल गइरहने उनले नेपाली चलचित्र क्षेत्रका हस्तीहरुको समेत टयारोटबाट भविष्य हेर्ने गरेको बताइन् ।विदेशमा रहेका नेपालीलाई मध्यनजर गर्दै अनलाइन सर्भिस पनि दिने गरेकी छन् उनले । भविष्यमा टयारोटबारे तालिम दिने आफ्नो सोच रहेको उनले बताइन् । उनी लन्डन साउथ हयारोस्थित बोभिस हाउसमा बस्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार