२०४६ साल पछिका सवै मन्त्रि र हाकिमको सम्पत्ति छानविन गरीयोस-राजेन्द्र लिङदेन

काठमाडौं ।कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग दुईवटा माग राखेको छ । पहिलो माग– ०४६ सालयताका प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीहरुको सम्पत्ति छानविन हुनुपर्ने । दोस्रो– फागुन ७ गतेदेखि हुन लागेको हिन्दु जागरण अभियानलाई सरकारले २० करोड रुपैयाँ दिनुपर्ने ।राप्रपा सांसद राजेन्द्र लिङदेनले संसदको हिउँदे अधिवेशनलाई सम्वोधन गर्ने क्रममा बुधबार यस्तो माग राखेका हुन् ।

संसदमा एकैछिन बसेर हिँडेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै लिङ्देनले भने– ‘मेरो कुरा प्रधानमन्त्रीज्यूले कहीँ सुन्दै हुनुुहन्छ, कसैले सुनाउने व्यवस्था छ भने सम्माननीय प्रधानमन्मन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु– ०४६ सालपछि भएका सबै प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु न्यायाधीशहरु, जिल्ला न्यायाशीससम्म र मन्त्रालयका सचिवदेखि विभागीय प्रमुखसम्मको सम्पत्ति छानविनको व्यवस्था गरौं ।’लिङदेनले अगाडि भने– ‘खरदार, सुब्बालाई थुनेर मात्रै यो भ्रष्टाचार नियन्त्रण हुनेवाला छैन ।’

झापाबाट केपी ओलीकै साथ पाएर चुनाव जितेका राप्रपा सांसद लिङदेनले ओली सरकारको कडा आलोचना गर्दै भने– ‘प्रधानमन्त्रीबाट प्रतिवद्धता सुनेका थियौंं, म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न । अबको हाम्रो यात्रा समृद्धिको यात्रा हुनेछ । तर, आज सरकारी कार्यालयहरुमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न भन्ने बोर्डहरुमात्रै देखियो । म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्न भन्ने बोर्ड राखेर भित्र भ्रष्टाचार गरिरहेका मान्छे पक्राउ परिसके ।’

सरकारले विकासका नाममा कार्यकर्ताहरु पोस्ने काम गरिरहेको लिङदेनले आरोप लगाए । उनले भने– विकासले कुनै गति लिन सकेको छैन । तराई मधेस समृद्धिका नाममा एउटा कार्यक्रम गएको छ, स्थानीय सरकारलाई अधिकार दिइयो भन्ने तर केन्द्रबाट योजनाहरु तोकेर पठाउने र कार्यकर्ता पोस्ने खालका कामहरु भइराखेका छन् । हामी कहाँ गइराखेका छौं, कहाँ जाने भनेर हिँडेका थियौं रु कहाँ थियौं रु शान्ति सुरक्षाको स्थिति जहाँको त्यहीँ छ ।’

‘(अनलाईन खवर वाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार