पार्वती विष्ट/अविवाहित र विवाहित दुबै किशोरकिशोरी तथा युवाहरुका विभिन्न यौन तथा प्रजनन स्वास्थ्य आवश्यकता हुन्छन् ।किशोरकिशोरी र युवाहरुको लागि सम्पूर्ण परिवार नियोजनका साधनहरु सुरक्षित छन् परिवार नियोजनको बारेमा महिलाहरुलाई मात्र नभई पुरुषहरुलाई पनि सहि जानकारी भएमा आफु र आफ्नो पाटनरको स्वास्थ्यको लागि सहि निर्णय लिन सक्छ ।
युवाहरु स्वास्थ्य संस्थामा परिवार नियोजनका साधनहरुको लागि मात्र नभई किशोरावस्थामा देखिने शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक परिवर्तनका साथै यौन सम्बन्धि परामर्श तथा जानकारी लिनको लागि पनि आउने गर्छन । उनीहरुको आवश्यकता उनीहरुको अवस्था अनुसार फरक हुन सक्छन् ।कोहि अविवाहित भएता पनि यौन कार्यमा सकृय हुन सक्छन, कोहि विवाहित हुन सक्छन, कसैका बच्चा समेत भइ सकेका हुन सक्छन्र त्यसैले हरेक व्यक्तिको आवश्यकता र अवस्था बुझ्नु जरुरि हुन्छ्र कसैलाई परामर्श मात्र आवश्यकता हुनसक्छ भने कसैलाई परिवार नियोजनको साधन चाहिएको होला त्यसैले सहि आवश्यकता पहिचान गरि सेवा प्रवाह गर्न सक्नु सेवा प्रदायकको दायित्व हो ।
सम्मान पुर्वक सेवा प्रदान गर्नुपर्ने –
युवाहरु जति सुकै कम उमेरको होस् उसले आलोचना बिना सम्मानपूर्वक आवश्यकता अनुसार प्रजनन् स्वास्थ्य सेवा पाउनु पर्छ । स्वास्थ्यकर्मीले आलोचना र खराब व्यवहार प्रदशन गरेमा युवाहरु आवश्यक परेको सेवा लिनबाट बन्चित हुन्छ सेवा प्रदायकले कहिले पनि परामर्श वा परिवार नियोजन सेवा प्रदान गर्दा युवाहरुलाई यौन (सेक्स) को लागि प्रोत्साहन नगरी युवाहरुको स्वास्थ्य बचाउन सहयोग गर्दछन ।
उपयुक्त परिवार नियोजनका साधन सहित यौन तथा प्रजनन स्वास्थ्य सेवा सजिलै उपलब्ध र सबैको पहुँच भएको हुनु पर्छ ।उक्त सेवा लिनको लागि पाटनररसाथि वा परिवारबाट स्वीकृति लिन नपर्ने ऐन नियमलाई लागु गर्नु पर्छ। परिवार नियोजन सेवा छनोट गर्दा वा सेवा लिदा निरुत्साहित नगरी सस्तो र सजिलै उपलब्ध गराउनु पर्ने हुन्छ ।
परिवार नियोजन सेवालाई युवा मैत्री बनाउन सेवा प्रदायकले –
-युवाहरुलाई सेवा प्रदान गर्दा खुशी साथ प्रदान गर्नु पर्ने हुन्छ ।
-सेवा प्रदान निशुल्क वा सके सम्म कम मुल्यमा दिनुपर्ने हुन्छ।
-परिवार नियोजनका सम्पूर्ण साधनको बारेमा जानकारी गराई सुसूचित छनोट गर्न सहयोग गर्नु पर्छ ।
-परामर्श र सेवा प्रदान गर्दा अनिवार्य गोपनियता कायम गर्नु पर्ने हुन्छ ।
-सेवाग्राहीको कुराहरु ध्यान दिएर सुन्ने र खुला प्रश्नहरु गर्ने गर्नु पर्छ ।
-सेवाग्राहीले बुझ्ने भाषाको प्रयोग गर्ने र मेडिकल टम र शब्दहरु प्रयोग नगर्ने ।
-युवाहरुलाई मिल्ने शब्दहरु प्रयोग गर्ने जस्तै अविवाहितलाई परिवार नियोजन सेवा भन्नु भन्दा गर्भ निरोधक वा प्रजनन स्वास्थ्य जस्ता शब्द प्रयोग गर्ने ।
-मिल्छ भने दम्पतिरजोडीलाई नै राखेर परामर्श गर्नुपर्छ ।
-महिलाले परिवार वा साथिर पाटनरको दबाब बिना सेवा छनोट गरेको सुनिश्चित गर्नुपर्छ ।
-सेवाग्राहीको भनाइहरुलाई आलोचना बिना स्वीकार गरी सहि निर्णय लिन सहयोग गर्नुपर्छ ।
सेवाग्राहीले यौन तथा प्रजनन स्वास्थ्य, यौन रोग, र गर्भनिरोधकको बारेमा सहि बुझेको सुनिश्चित गर्नुपर्छ ।
-अन्य प्रश्नहरु जस्तै किशोरावस्थामा देखिने परिवर्तन, महिनावारी, शीघ्रपतन, यौनांगको सरसफाई र यौन रोग सम्बन्धि पनि सेवाग्राही आवश्यक अनुसार जानकारी गराउनु जरुरि हुन्छ ।
-महिला तथा किशोरीहरुलाई उनीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि जानकारी गराउनु जरुरि छ भने पुरुष तथा किशोरहरुलाई यौन व्यवहारबाट आफु र आफ्नो साथिरपाटनरलाइ पर्ने असरको बारेमा बुझाउनु जरुरि छ ।
-पुरुषहरुलाई पनि प्रजनन स्वास्थ्य र परिवार नियोजन सम्बन्धि प्रयाप्त जानकारी अति आवश्यक छ किनभने पुरुषले महिलालाई प्रतक्ष्य प्रभाव पार्दछ र कसैले आफ्नो साथीरजोडीको प्रजनन स्वास्थ्यको केयर र सपोट गर्दछ भने कसैले आफ्नो साथीको बेवास्था गरि आफ्नै निर्णय लागु गर्न खोज्छन्र त्यसैले पुरुषको व्यवहाररमनोवृतीले पनि महिलाले प्रजनन स्वास्थ्य सम्बन्धि स्वस्थ्य व्यवहार गरेको छ कि छैन भनेर निर्धारण गर्दछ।
-पुरुषले प्रयोग गर्ने गर्भ निरोधक साधनहरु पनि छन् जस्तै कण्डम र पुरुष बन्ध्याकरण कण्डम हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले प्रयोग गरेमा गर्भ निरोधकको काम मात्र नभई यौन रोग तथा ज्क्ष्ख्र ब्क्ष्म्क् जस्ता रोगहरु सर्नबाट पनि मद्दत गर्दछ त्यसैले परिवार नियोजनमा पुरुषको भुमिका पनि उतिकै महत्वपूर्ण हुन्छ।
(लेखक जिल्ला जनस्वास्थ्य कार्यलय काठमाण्डौमा कार्यरत हुनुहुन्छ)