वागचौर नगरपालिका र जिल्ला प्रहरी कार्यलय सल्यान विच समुदाय प्रहरी कार्यक्रमका लागी सम्झौता सम्पन्न

श्रवण देवकोटा कार्तिक १८, सल्यान । कार्तिक ११ गतेदेखि देशैभरी संचालन भएको समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज सल्यानको बागचौर नगरपालिकामा सामुदायिक प्रहरी साझेदारी समिति गठन गरिएको छ । समुदाय स्तरका सबै स्थानिय तह, समुदाय, सामाजिक संस्था र विद्यालय स्तरमा यो कार्यक्रम लागु हुनेछ । बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी र सल्यान प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले सहमती पत्रमा हस्ताक्षर गरेका छन ।

बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीको संयोजकत्वमा बागचौर नगरपालिका उपप्रमुख,कल्पना पुन, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाही बागचौर नगरपालिका बिभिन्न वडाका वडा अध्यक्ष, स्थानिय संघ सस्थाका प्रतिनिधि, शिक्षक, पत्रकार, बुद्धिजिबि तथा स्थानिय सर्बसाधरणको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी बागचौर नगरपालिका समिति गठन गरिएको हो । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा यो अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म सञ्चालन हुने सल्यान प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले बताए । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने बताइएको छ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार