दोस्रो शारदा नगरपालिका मेयरकप प्रतियोगिता आजबाट सल्यानमा सुरु

 
१६ कार्तिक सल्यान
सल्यानको शारदा नगरपालिकामा दोस्रो शारदा मेयरकप भलिबल प्रतियोगीता आज बाट सुरु भएको छ । गोलो युबा क्लब सल्यानको आयोजना तथा शारदा नगरपालीका सल्यानको सहयोगमा आज बाट दोस्रो शारदा मेयरकप भलिबल प्रतियोगीता सुरु भएको हो । आज बाट सुरु भएको मेयरकप भलिबल प्रतियोगीता कात्र्तिक १८ गते सम्म चल्ने आयोजकले जनाएको छ । खेलको उदद्धघाटन शारदा नगरपालीकाका नगर प्रमुख सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले गर्नुभएको हो ।
३ दिन सम्म सन्चालन हुने खेलमा शारदा नगरपालीका भित्रका १५ वटा वडा मध्य १२ वटा वडाका खेलाडीहरुले प्रतियोगीतमा भाग लिएको गोलो युबा क्लबका अध्यक्ष उदय हमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार भलिबल खेलमा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । जसमा प्रथम, दृतिया र तृतिया हुने बिजेतालाई क्रमश ३० हजार, २५ हजार र २० हजार नगद प्रदान गरिने अध्यक्ष हमालले बताउनु भएको छ ।
Chat Conversation End

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार