विकास निर्माण कार्य स्थलमा अनुगमण गर्दे गाँउपालिका अध्यक्ष

नवीन पौडेल/१६ कार्तिक सल्यान, छत्रेश्वरि गाउपालिका सल्यानका अध्यक्ष सन्तोष केसीले गाउँ गाउमा पुगेर बिकास निर्मानका कामहरुको अनुगमन सुरु गरेका छन। गाउपालिका भित्र निर्माण भैराखेका तथा सम्पन्न भैसकेका बिजुली बत्ती,सडक,खानेपानी,भबन लगायतका कामहरुको अनुगमन सुरु गरेका हुन।
निर्माणको काम कसरी भैराखेको छ,अनि जनताका अन्य समस्या हरु के छन बुझ्नलाई आफू हिडेको अध्यक्ष केसिले बताएका छन। वडा नम्बर ७ मा निर्माण भैराखेको संखमुल,साङ्कोट,जिताठान,राङ्सी हुँदै जामुनेखोला जोड्ने मोटरबाटोको अनुगमन गर्दै अध्यक्ष केसिले नया बिकासका सम्भावना हरुको खोजी गरिने पनि बताएका छन।बाटो,सडक,खानेपानी,शिक्षा,स्वास्थ लागायतका निर्माणका कामहरु भनेको अनिवार्य हुने काम भयकाले नयाँ सम्भावना हरुको खोजी गरिने उनले बतायका छन। यता वडा नम्बर ७ ले राङ्सीमा आयोजना गरेको समिक्षा तथा चियापान कार्यक्रम पनि सम्पन्न भएकोछ।वडा अध्यक्ष मेघराज भन्डारीले सहजीकरण गरेको कार्यक्रममा स्थानीय विभिन्न बेक्तीहरुले सुझाव तथा गुनासा हरु बेक्त गरेका छन । उनिहरुले खानेपानी तथा थप बिधुत सेवा बिस्तारका लागि आग्रह समेत गरेका छन। बिधुतको कामहरु भैराखेको ले छिटोभन्दा छिटो टोल टोलमा बिधुत पुग्ने र खानेपानीको प्राबिधिक कामहरु सम्पन्न भैसकेकोले केही महिना भित्रै तेस छेत्रमा खानेपानीको काम सुरु गरिने अध्यक्ष केसिले बताएका छन।
कार्यक्रममा छत्रेश्वरि गाउपालिका उपाध्यक्ष सिता केसि नेपाली काङ्ग्रेसका निबर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मी लगायतकाले पनि बिकास निर्माण सम्बन्धि आफ्ना बिचार व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार