मेयर र उपमेयर विचको विवाद, नगर परीषद सम्म वस्न सकेन

नगर सभा नहुदाँ सुत्तकेरी भत्ता,समाजिक सुरक्षा भत्तासँगै शिक्षक कर्मचारीले तलव खान पाएनन्

दुर्गा वि.सी.
सल्यानको बन्गाड कुपिण्डे नगरपालीकाका शिक्षक कर्मचारीले नगर सभा वस्न नसक्दा तलव भत्ता खाना पाएनन् । शिक्षक सँगै नगरका २ सय २२ जना कर्मचारीले ३ महिना देखि तलव खाना पाएका छैनन् । कर्मचारीको तलवसँगै सामाजिक सुरक्षा भत्ता र सुत्तकेरी भत्ता समेत खाना नपाउँदा निक्कै समस्या चर्किएको छ ।

नगरको सभा वस्न नसकेकै कारण नगरका अन्य कामकाज अस्त व्यवस्त अवस्थामा पुग्न थालेको छ । दशै तिहार विदा भएको ३ दिन विती सक्यो तर तलव निकासा होलार घर फर्कने भनेर शिक्षक कर्मचारी आतीएका छन् । दशै नजीकीदै गर्दा समेत तलव भत्ता निकासा हुने भन्ने कुरा निकै छिन हुदै गएको छ । बन्गाड कुपिण्डेमा भखरै सरुवा भैई आउनु भएका कार्यकारी नोखिराम वलीका अनुसार नगर सभा सम्पन्न नहुदाँ तलव भत्ता खुवाउन नसकिने वताउनु भएको छ । कानुनी प्रावधानले समेत समस्या वनाएको उहाँका तर्क छ । नगर सभा वस्नका लागि सुरुमा कार्यपालीकाको वैठक वसेर केहि कुरामा नितीगत निर्णय गर्नु पर्ने हो । तर यहाँ अलि केहि जटिलता भएका कारण दशै अघि कर्मचारीलाई तलव भत्ता खुवाउन नसकिने जनाउनु भयो । तलव खान नपाए पछि कर्मचारीहरु जनप्रतिनीधी प्रति आक्रोसित वनेका छन् । शिक्षक नेता नाराद घर्तिका अनुसार शिक्षकहरु लगाएत नगरका कर्मचारीले समयमा तलव खान नपाउनु भनेको दुखद निन्दनीय भएको वताउनु भयो । त्यसै गरि शिक्षक सँघका नगर संयोजक सुरेन्द्र खड्का समेत निक्कै आक्रमक भएको वताउनु भयो ।

जनप्रतिनीधीका क्षैणिक स्वार्थका कारण कर्मचारीले दशै तिहार जस्तो महान पर्वमा काम गरेको पारश्रमिक नपाउनु भनेको लाज मर्दो र घृणित काम भएको जनाउनु भएको छ । आफुहरु अव छिटो भन्दा छिटो चरण वद्ध आन्दोलन गर्ने वनाउनु भयो । वडा अध्यक्ष,मेयर,उपमेयर विचको आपसी टक्रापले नागरिकले पाउनु पर्ने सम्पुर्ण सेवाहरु ठप्प छन् । सामाजिक सुरक्षा भत्ता हुदै सुत्तकेरी भत्ता समेत वितरण हुन सकिरहेको छैन् । समाजिक सुरक्षा भत्ताको आशले दशै तिहार टार्ने वेसाहरा वृद्धाहरुको दशै समेत यसपाली खल्लो हुने भएको छ । जनप्रतिनीधीहरुको व्यक्तीगत स्वार्थ र खिचातानीका कारण हामी सवै कर्मचारी देखि बन्गाड नगरका स्थानीयले दुख पाउनु भनेको लाजमर्दो अवस्थाको सृजना भएको मुक्ती माविका प्र.अ तथा शिक्षक नेता नोखराज विएम वताउनु भयो ।

समाजिक सुरक्षा भत्ता वढाउँछौ भनेर घर घर भोट मागेका जनप्रतिनीधी राज्यले दिएको सुविधा समेत खान नदिएको जेष्ट नागरिकहरुको दुखेसो छ । सामाजिक सुरक्षा भत्ताको जोहले दिन गुजरा र जीवन चलाएका धेरै जेष्ट नागरिकहरु जनप्रतिनीधीको हविगत प्रति वाक्क दिक्क भएको वताउने गरेका छन् । नगर प्रमुख देखि उपमेयर,वडा अध्यक्ष र कार्यपालीका सदस्यहरु भने समय घुर्कि सक्यो अझै नगर सभा वसाउने कुरामा टसमस नदेखिएको नगरका एक कर्मचारीले वताए ।कर्मचारीका अनुसार समान्य छलफलमा समेत झगडा वाहेक अरु मिल्ने मिलाउने कुरा चर्फ कोहि कतै गम्भीर नभएको देखिन्छ । जनप्रतिनीधीका कारण नगर सभा समयमा नहुदाँ अन्य विकास निर्माणका कामले समेत गति लिन सकेको देखिदैन् । जनप्रतिनीधीको हविगत प्रति नगरका स्थानीय आजित भैसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार