तरकारिको मुल्यमा एकरुपता ल्याउन गाँउपालिकाले कार्यविधि ल्याउने

सल्यान, २८ असोज ।
सल्यानको कपुरकोट गाउँपालीकाले तरकारिको मुल्य निर्धारण कार्यबिधि तयार गर्ने भएको छ । कपुरकोट मौसमी तथा बेमौसमी तरकारिको राजधानी नै भएको र कपुरकोटमा उत्पादित तरकारिको मुल्य कृर्षकले नगरी ब्यापरिले मनोमानी ढंगबाट फरक फरक मुल्य निर्धारण गरी खरिद गर्ने गरेको कृषकहरुको जनगुनासो लाई ध्यानमा राख्दै स्थानीय तहको माताहतमा रहने गरि कार्यबिधि तयार गरेर अघि बढने गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले कृषि प्रसारको ब्यवस्थापन र संचालन, कृषि निती, कानुन, योजना, कार्यन्वयन , मापदण्ड, अनुगमन र नियमन गर्ने अधिकार दिएकोे छ । साथै हरप्लेस सल्यानले संचालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत आइतबार साझेद्वारि मञ्च  गठन गरिएको छ  । नागरिक समाज र स्थानीय तह विच कृषि, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका सवालमा छलफल गरि समस्या समाधानतर्फ सबैलाइ जिम्मेवारी तथा उत्तरदायी बनाउने उद्देश्यले मञ्च गठन गरिएको हरप्लेस जिल्ला अधिकृत दिपेन्द्र शाहीले जानकारि दिए । मञ्चको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन रहेका छन् । उपाध्यक्ष, वडाध्यक्ष, पत्रकार, नागरिक समाज, स्थानीय सभाका प्रतिनिधी लगाएत २५ सदस्यीय मञ्च गठन भएको शाहीले जानकारि दिए ।

यसैविच  साझेदारी मञ्चको बैठकले तरकारिको मुल्य निर्धारण कार्यविधि र सुशासन नीति बनाउने, कृषक परिचय पत्रको व्यवस्था गर्ने, बाली विमाको लागी केन्द्र तथा प्रदेश सरकार संग समन्वय गरेर प्रभावकारि बनाउन पहल गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज केसीले जानकारि दिएका छन् । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले दिगो विकास र सुशासनका लागी गाउँपालिकाको सम्पूर्ण टिम लागीरहेको जनाउँदै स्थानीय तहमा देखा पर्ने हरेक समस्या समाधानमा सबै सरोकारवालासंग सहकार्य गरेर अघि बढ्नुका साथै स्थानीय तहलाई सम्बृद्व बनाउनका लागी नागरिक समाजको भुमिका फराकिलो हुनु पर्ने  धारणा राखेका थिए । बैठकमा उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर राना, ४ का अध्यक्ष हरिलाल पुन, ५ का अध्यक्ष यम कुमार वस्नेत, ६ का अध्यक्ष हेरम बहादुर बुढाथोकी लगाएतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार