सल्यान /२४ असोज
उद्योग वाणिज्य संघ सल्यानले आज एक कार्यक्रमको आयोजना गरी विजया दशमि तथा शुभ दिपावलिको पुर्व सन्ध्या तथा घटस्थापनाको दिन शुभकामणा आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
श्रीनगर स्थित युनाईटेड होटेलको हलमा आयोजना गरीएको कार्यक्रममा जिल्ला समन्वय समित प्रमुख केश वहादुर विष्टले उद्योग वाणिज्य संघ निजि क्षेत्रकै ठुलो संस्था भएकोले यसका जिम्मेवारी पनी उतिकै महत्वपुर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
दार्मा गाँउपालिका प्रमुख निम वहादुर केसिले शुभकामणा मन्तव्य सँग सँगै प्रदेश सकार तथा संघका मन्त्रि तथा संसद लाई दार्मा गाँउपालिमा सुन्य वजेट वनाएकोमा वधाई तथा धन्यवाद समेत दिए । उनले प्रदेश सरकारको वजेट वितरण गर्ने प्रकृया प्रति नै असन्तुष्टि व्यक्त गर्दे प्रदेश सरकारको वजेट विनियोजन गर्ने मापदण्ड के हो भन्दै प्रश्न गरे ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सल्यान लाई आधुनिक कृषि र व्यवसायिक प्रणलिमा जोडनाका लागी उद्योग वाणिज्य संघले जोडन पहल थाल्नु पर्ने तथा यहाँ पाईने महत्वपुर्ण वस्तुहरु लाई आधुनिक प्रविधि मार्फत आम नागरीकको आयस्तर वृद्धि गर्ने अभियानमा भुमिका खेल्न अनुरोध गर्नु भयो ।
जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश वहादुर विष्टको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा कुमाख गाँउपालिका अध्यक्ष दिलमाया वुढा,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,प्रहरी नायव निरीक्षक विरेन्द्र वहादुर शाही,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही,उद्योग वाणिज्य संघ कर्णाली प्रदेश कोषाध्यक्ष सुधन श्रेष्ठ,होटल व्यवसायि संघका अध्यक्ष धुर्व भण्डारी,मदन भण्डारी लगाएतले शुभकामणा तथा मन्तव्य राखेका थिय । कार्यक्रममा स्थनिय सरकार प्रमुख हरुसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि लगायत अन्य व्यक्ति हरुको सहभागिता रहेको थियो ।
संघका वरीष्ठ उपाध्यक्ष कुमार वुढाथोकीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष दिपक वोहराले गरेका थिए भने संचालन संघका महासचिव भरत वस्नेतले गरेका थिए ।