नेपाली कांग्रेस शारदा नगरकार्य समिती सल्यानको चियापान सम्पन्न

पार्टी गतिविधि तिव्र वनाउन नेता हरुको जोड

 नवीन पौडेल/२३ असोज सल्यान -पार्टीका नेता कार्यकर्ता हरु पार्टीका गतिविधि हरुमा गम्भीर भयर लाग्नु पर्नेमा एक कार्यक्रम का सहभागी हरुले जोड दियका छन।उनी हरुले पार्टीका गतिबिधी हरुमा नेता कार्यकर्ता हरु गम्भीर भयर पार्टीका निति निर्देशन तथा कृयाकलाप हरुमा लाग्नुपर्ने बिचार बेक्त गरेका छन।

नेपाली कांग्रेस शारदा नगरकार्य समिती सल्यानले बिजया दसमी तथा शुभ दिपावलि को अबसरमा सदरमुकाम खलंगामा आयोजना गरेको चिया पान कार्यक्रममा बोल्ने बक्ता हरुले सो कुरा बतायका हुन। उनी हरुले स्थानिय तहमा आफ्नो पार्टी बाट जितेका जनप्रतिनिधि हरुलाइ काम गर्ने बाताबरन मिलाउन आम कार्यकर्ता हरु लाई आग्रह समेत गरेका छ्न।उनिहरुले जनप्रति हरुले कहि कतै पार्टी लाई बेवास्ता गरि पार्टी नै आफैले चलाउन खोजेको गुनासो बढेकाले पार्टीको सर सल्लाहमा काम गर्नुपर्नेमा जोड दियका हुन।

नगर सभापती सचेत शाह (सच्चुको) अध्यक्षतामा सम्पन्न चिया पान कार्यक्रम बोल्दै बक्ता हरुले सभापती गनेश चन्दलाई सहज रुपमा काम गर्न दिन सम्पुर्न नेता कार्यकर्ता हरुलाइ आग्रह गरेका छन। उनिहरुले यही १५ गते जिल्ला कार्य समितीमा मनोनीत भयका पदाधिकारी तथा सदस्य हरुको मनोनीतले कोहि पनि नआतिन आग्रह गरेका छ्न।सामाजिक सन्जाल तथा सार्बजनिक ठाँउ हरुमा पार्टीका नेता तथा कार्यकर्ता हरु बाट पार्टीका विरुद्ध नकारात्मक टीका टिप्पणी हुने गरेको प्रति कार्यक्रमका सहभागी हरुले चिन्ता बेक्त गरेका थिए ।

पार्टी सभापति गनेश चन्दको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा पुर्ब शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह महासमिति सदस्य तथा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिस्ट महासमिति सदस्य तुलसिराम बस्नेत महाधिवेशन प्रतिनिधि प्रेम दाङी क्षेत्र नम्बर २ का सभापति तथा छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसि महिला सङ केन्द्रिय सदस्य पद्मा शाह, सन्तोष सेन वलि सीता केसि वीर बहादुर सेजवाल रबिन बिस्ट कुमार बुढाथोकी रोहवर सिङ बिस्ट सबिन हमाल लगायतकाले बोल्नु भयको थियो।कार्यक्रम को संचालन यादब उपाध्याय ले गर्नुभयको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार